ev scooty luyuan nepal baishak 2082 15

skip this News Page Tips Ad Road Block

स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडका प्रमुख कार्यकारी अधिकृतमा मनोज घिमिरे नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमतिपत्र प्राप्त स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेडकाे प्रमुख कार्यकारी अधिकृतमा मनोज घिमिरे नियुक्त भएका छन् । प्रमुख कार्यकारी अधिकृत मनोज घिमिरेले आजै कम्पनीका अध्यक्ष रविन कुमार नेपाल समक्ष पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् ।

उक्त शपथ ग्रहण कार्यक्रममा कम्पनीका सञ्चालक समितिका सदस्यहरुको सहभागिता रहेको थियो ।

बैंक अफ एशिया (हालको एन आई सी एशिया बैंक) बाट आफ्नो बैकिङ्ग करियर सुरुवात गरेका घिमिरे यसभन्दा अघि लक्ष्मी सनराइज बैंकमा प्रमुख कार्ड सर्भिसको रुपमा कार्यरत थिए ।

बैंकिङ्ग तथा डिजिटल भुक्तानी (कार्ड ,क्युआर मोबाइल बैंकिङ्ग) इत्यादि मा १५ बर्षभन्दा लामो अनुभव भएका घिमिरेको कार्यदक्षता, अनुभव र लगनशीलताले कम्पनीलाई अझै उचाईमा लैजाने विश्वास लिएको कम्पनीका अध्यक्ष नेपालले बताए । डिजिटल भुक्तानीको क्षेत्र वृद्धि हुने क्रममा रहेको र एससीटीले यो क्षेत्रमा पुर्याउन सक्ने योगदान धेरै रहेकोले आफू एससीटीको प्रमुख कार्यकारी अधिकृत भएर काम सुरु गर्न पाएकोमा निकै उत्साहित रहेको नवनियुक्त कार्यकारी अधिकृत घिमिरेले जानकारी दिए ।

बिगत २० वर्ष देखि डिजिटल भुक्तानीमा गुणस्तरीय सेवा दिँदै आएको स्मार्टच्वाईस टेक्नोलोजिजले भुक्तानी कार्ड, क्युआर, मोबाइल बैंकिङ्ग र अन्तर बैंक भुक्तानीका सेवाहरु प्रदान गर्दै आईरहेको छ

Health Tips Ad Road Block