ev scooty luyuan nepal baishak 2082 15

skip this News Page Tips Ad Road Block

दिपकराज जोशीले सञ्चालक पदबाट दिएको राजीनामा स्वीकृत

काठमाडौं । नेपाल पर्यटन बोर्डमा नवनियुक्त प्रमुख कार्यकारी अधिकृत(सीइओ) दिपकराज जोशीले कम्पनीको स्वतन्त्र संचालकको पदबाट यसअघि नै दिएको राजीनामा शोल्टी होटल लिमिटेडबाट स्वीकृत भएको छ ।

जोशीले नेपाल पर्यटन बोर्डको कार्यकारी प्रमुख पदमा नियुक्त भएपछि २०८१ भदौ २३ गतेदेखि लागु हुने गरी शोल्टी होटलको सञ्चालक समितिको स्वतन्त्र संचालकको जिम्मवारीबाट राजीनामा दिएका थिए ।

कम्पनी सचिव लिल बहादुर खत्रीले कम्पनीको सञ्चालक समितिको २०८१ असोज ८ गतेको बैठकले सोही मिति २०८१ भदौ २३ गते देखि लागु हुने गरी जोशीको राजीनामा स्वीकृत भएको जानकारी गराएका हुन् ।

Health Tips Ad Road Block