काठमाडौं । सिटिजन्स बैंकले शेयरधनीलाई ४ प्रतिशत बोनस शेयर दिने भएको छ ।
संचालक समितिको ४६३ औं बैठकको उक्त निर्णय गरेको हो । आ.व. २०८०/८१ को वितरणयोग्य मुनाफाबाट २०८१ आषाढ मसान्तको चुक्ता पुँजी १४,२०,०९,७४,००६.०० को ४ प्रतिशतले हुने ५६,८०,३८,९६०.२३ रुपैयाँ बोनस शेयर र कर प्रयोजनार्थ ०.२१ प्रतिशतले हुने २,९८,९६,७८७३८ नगद लाभांश दिने प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र बैंकको बार्षिक साधारण सभाबाट स्वीकृत भए पश्चात् मात्र शेयरधनीलाई वितरण हुनेछ ।