skip this News Page Tips Ad Road Block

शी लिड्स आइकन–२०८१ को उत्कृष्ट २७ छनोट, कुन पालिकाका को परे ?

काठमाडौं । महिला सशक्तीकरणको क्षेत्रमा काम गर्ने ‘कल्प इम्पावर वेमेन नेपाल’ ले शी लिड्स आइकन–२०८१ को उत्कृष्ट २७ छनोट गरेको छ । देशभरका महिला जनप्रतिनिधिहरूको कर्मलाई विश्वसामु परिचित गराउने उद्देश्यले लिइएको आवेदन मध्येबाट उत्कृष्ट २७ छनोट गरिएको हो ।

‘महिला स्वास्थ्य, महिला उद्यमशीलता, न्याय तथा नीति, महिला सशक्तीकरण र जवाफदेहिता’ क्षेत्रमा प्रेरणादायी काम गर्ने महिला जनप्रतिनिधिहरूमा ३ जना उत्कृष्ट छान्नेमध्ये उत्कृष्ट २७ छनोट भएका हुन् । महिला जनप्रतिनिधिलाई सम्मान गर्दै महिला जनप्रतिनिधिको सुकर्मलाई संचार गर्ने कार्यक्रम अन्तर्गत विभिन्न स्थानीय तहका १४० जना महिला जनप्रतिनिधिबाट आवेदन प्राप्त भएको र त्यसमध्ये २७ जना महिला जनप्रतिनिधिलाई जनमतका लागि छनोट गरिएको कल्प इम्पावर वेमेन नेपालकी अध्यक्ष पूजा कोइरालाले बताइन् ।

यस अन्तर्गत कोशी प्रदेशबाट २४ जना, मधेश प्रदेशबाट १४ जना, बागमती प्रदेशबाट १२ जना, गण्डकी प्रदेशबाट ११ जना, लुम्बिनी प्रदेशबाट ३६ जना , कर्णाली प्रदेशबाट १६ जना र सुदूरपश्चिमबाट १५ जना महिला जनप्रतिनिधिहरुकोआवेदन प्राप्त भएको संस्थाका कार्यक्रम विकास प्रमुख सम्राट थापाले बताए ।

राजनीतिक क्षेत्रबाट अष्टलक्ष्मी शाक्य, सामाजिक क्षेत्रबाट सरु जोशी र मिडिया क्षेत्रबाट चारु चडड़ाको निर्णायक मण्डलले कोशी प्रदेशबाट ४, मधेश प्रदेशबाट २, बागमती प्रदेशबाट ४, गण्डकी प्रदेशबाट ३, लुम्बिनी प्रदेशबाट ७, कर्णाली प्रदेशबाट ४ र सुदूरपश्चिमबाट ३ जना महिला जनप्रतिनिधिहरुलाई जनमतका लागि छनोट गरेको हो ।

अब अन्तिम तीनको छनोट मंसिरसम्ममा हुने संस्थाले जनाएको छ । नेपालको राजनीतिमा महिला परियोजना अन्तर्गत यो कार्यक्रम अगाडि बढिरहेको छ ।

Health Tips Ad Road Block