skip this News Page Tips Ad Road Block

पर्यटन व्यवसायी रामप्रसाद सापकोटाको आधा शताब्दी कृति सार्वजनिक

काठमाडौं । पर्यटन व्यवसायी रामप्रसाद सापकोटाको कृति आधा शताब्दी सार्वजनिक भएको छ । अमेरिकामा पुगेर देशमै केही गर्नुपर्दछ भनेर फर्किएका पर्यटन व्यवसायी सापकोटाले आफ्नो जीवनको आशा शताब्दीका दुःख र भोगाईलाई शब्दमा उनेर सार्वजनिक गरेका हुन् ।

काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डे, कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीबाट पुस्तकको लोकर्पण गरिएको हो ।

सापकोटा पर्यटन व्यवसाय सँगसँगै समाजसेवामा पनि उत्तिकै सक्रिय छन् ।

हिमालयन सोसिएल जर्नीका अध्यक्ष एवं सफल पर्यटन व्यवसायी सापकोटाले आधा शताब्दीमा गरेका कर्म र भोगाइहरुलाई पुस्तकका माध्यमबाट लिपिबद्ध गरेका छन् । सापकोटाले आधा शताब्दीमार्फत अब साँच्चै चाल्नुपर्ने सुधारका विषय र पर्यटन क्षेत्रका विकृति विसंगतीको अन्त्यका लागि बाटो देखाएका छन् ।

पुस्तक सार्वजनिक गर्दै पर्यटनमन्त्री पाण्डेले नेपाल प्राकृतिक र सांस्कृतिक पर्यटनको उत्कृष्ट हब रहेको दाबी गर्दै बढी भन्दा बढी पर्यटक भित्र्याउन नेपाली एयरलाइन्सका क्षेत्रमा गर्नुपर्ने सुधारका बारेमा चर्चा गरे ।

कृषि मन्त्री रामनाथ अधिकारीले कृषि मन्त्रालय र किसानबीचको खाडल पुर्न आफू लागिरहेको बताए ।

Health Tips Ad Road Block