skip this News Page Tips Ad Road Block

निःशुल्क शिक्षाको पूर्ण कार्यान्वयनका लागि गृहकार्य सुरु : मन्त्री भट्टराई

कावासोती । सरकारले गुणस्तरीय शिक्षा दिनका लागि राज्यका तर्फबाट निःशुल्क शिक्षाको पूर्ण कार्यान्वयनका लागि गृहकार्य सुरु गरेको छ ।

नवलपुरको देवचुलीमा आइतबार आयोजित ‘बालिका अधिकार संरक्षणमा सरोकारवालाको भूमिका’ विषयक कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले बालअधिकार स्थापित गर्न र बालबालिकाको समग्र विकास र संरक्षणमा सरकार प्रतिबद्ध रहेको बताउँदै निशुल्क शिक्षा पूर्ण कार्यान्वयनका लागि गृहकार्य सुरु गरेको बताइन् ।

‘प्याड अभावका कारण विद्यालय शिक्षाबाट वञ्चित हुनबाट रोक्न सरकारले काम गर्ने छ’, मन्त्री भट्टराईले भनिन् ।

‘विद्यालयमा खुवाउने गरेको दिवाखाजाको गुणस्तरीयता र पोषणका लागि स्थानीय सरकार, विद्यालय र समुदायसँग मिलेर काम गरिने छ’, उनले भनिन् । ‘परम्परागत र स्थानीय खाद्य सामग्रीको प्रयोग हुनेगरी दिवाखाजालाई व्यवस्थित, गुणस्तरीय बनाउनुका साथै स्थानीयस्तरको समग्र कृषि प्रणालीलाई सहयोग पुग्नेछ ।’ मन्त्री भट्टराईको भनाई रहेको थियो ।

Health Tips Ad Road Block