तनहुँ । तनहुँको आँबुखैरेनीमा भारतीय बस दुर्घटनामा २७ जना भारतीय पर्यटकको मृत्यु भएको छ।
तनहुँ प्रहरीका अनुसार २७ जनाको मृत्यु भइसकेको छ । आँबुखैरेनी अस्पतालले भने दुर्घटनाका घाइतेमध्ये २४ जनाको मृत्यु भएको पुष्टि गरेको छ ।
प्रहरीका अनुसार बसमा ४१ यात्रु, चालक र सहचालक गरी ४३ जना यात्रा गरिरहेका थिए। ती मध्ये दुर्घटनाका गम्भीर घाइते भएका १६ जनालाई उपचारका लागि काठमाडौं पठाइएको थियो ।
घाइतेमध्ये ११ जनाको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ।
सनाखत भएका शव नेपालस्थित भारतीय दूतावासले बुझिसकेको प्रहरीले जनाएको छ। पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको यूपी ५३ एफटी ७६२३ भारतीय नम्बर प्लेटको यात्रुबाहक बस शुक्रबार बिहान ११ः३० बजेतिर तनहुँ जिल्लाको आँबुखैरैनी गाँउपालिका–४ स्थित आँबुखैरेनी–मुग्लिन सडक खण्डमा पर्ने ऐना पहरास्थित सडकबाट करिब डेढ सय मिटर तल मर्स्याङदी नदीमा खसेको थियो ।