ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

पाँचवटा रेमिट्यान्स कम्पनीको लाइसेन्स खारेज, कोही कसैको लेनदेन वा हिसाब भए राष्ट्र बैंकमा जानकारी दिनुपर्ने

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न ५ वटा रेमिट्यान्स कम्पनीको अनुमतिपत्र (लाइसेन्स) खारेज गरेको छ ।

केन्द्रीय बैंकले शुक्रबार एक सूचना जारी गर्दै राम्रो रेमिट, ग्लोबल माउन्टेन रेमिट, संसार रेमिट, ललित मनी ट्रान्सफर र माक्स मनी ट्रान्सफरको लाइसेन्स स्वतः खारेज भएको जनाएको हो ।

राष्ट्र बैंक विप्रेषण विनियमावली–२०७९ अनुसार यी कम्पनीहरुलाई खारेज गरिएको केन्द्रीय बैंकले स्पष्ट पारेको छ ।

राष्ट्र बैंकले माथि तोकिएका विप्रेषण कम्पनीहरुसँग कोही कसैको लेनदेन वा हिसाबकिताब भएमा आगामी ३५ दिनभित्र राष्ट्र बैंकमा जानकारी दिन आग्रह गरेको छ ।

 

Health Tips Ad Road Block