काठमाडौं । सरकारले सहकारीको नियमन गर्ने निकाय खडा गरेर जाने भएको छ । यसबारे उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्पष्ट पारेका हुन् ।
नेपाल उद्योग वाणिज्य महासंघले राजधानीमा आयोजना गरेको एक कार्यक्रममा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सहकारीका समस्या समाधान गरेर सरकार अगाडि बढ्ने बताए । उनले भने, ‘सहकारी क्षेत्रको समस्या समाधान गरेर अगाडि जानुपर्दछ । सरकार सहकारीलाई नियमन गर्ने निकाय खडा गरेर अगाडि बढ्ने विषयमा स्पष्ट छ।’
आर्थिक विकासका क्षेत्रमा निजी क्षेत्रलाई अगाडि बढाउने उल्लेख गर्दै उनले देखिएका समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका छन् ।