skip this News Page Tips Ad Road Block

पर्यटकका लागि भारतसँग जोडिएका सातवटै नाका खुला

काठमाडौं । कोरोना महामारीका कारण तेस्रो मुलुकका पर्यटकलाई नेपाली नाका हुँदै भारत जान गरिएको अवरोध अब भने हटेको छ ।

कोरोना महामारीका बेला स्वास्थ्य सर्तकता अपनाउने क्रममा नेपाल भारतबीचमा रहेका सातवटा नाकामध्ये दुईवटा नाकाबाट मात्रै तेस्रो देशका नागरिकले भारत जान पाउने अवस्था भएकोमा साउन १६ गते बुधबारदेखि भने भारतसँग जोडिएका सातवटै नाकाबाट पर्यटकले भारत जान पाउने व्यवस्था भएको अध्यायमन विभागले जनाएको छ ।

यसअघि कोरोनाका कारण भैरहवा र वीरगन्ज नाकामार्फत मात्रै पर्यटकहरु भारत जान पाउँथे । सबै नाका खुला भएका कारण पर्यटकहरुलाई अवतजावतमा अबरोध नरहेको र अब नेपाल भित्रिनेहरुको संख्या पनि बढ्नसक्ने अनुमान गरिएको छ । पर्यटन व्यवसायीहरुले यसलाई सकारात्मकरुपमा लिँदै अब भारतहुँदै आउने पर्यटकको संख्या बढ्नसक्ने विश्वास व्यक्त गरेका छन् । यसले पर्यटकीय गतिबिधि बढाउने आशा गरिएको छ ।

भारतीय पक्षले साउनको दोस्रो सातादेखि नै अध्यागमन सेवामा गरेको अवरोध हटाएर पूर्ववत् अवस्थामा फर्काएपछि अहिले झापादेखि कञ्चनपुरसम्मका नाकाबाट पर्यटक आवागमन सहज भएको गृह मन्त्रालयको भनाइ छ ।

Health Tips Ad Road Block