ev scooty luyuan nepal baishak 2082 15

skip this News Page Tips Ad Road Block

सहकारी ठगीमा रवि लामिछानेमाथि तत्काल अनुसन्धान गर्न गगन थापाको माग

काठमाडौं । सहकारी ठगीमा रहेको आरोप लगाउँदै नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई तत्काल अनुसन्धानको दायरामा ल्याउन सरकारसँग माग गरेका छन् ।

प्रतिनिधि सभा बैठकमा उनले सहकारीमा करोडौ ठगी गरेका तत्कालीन गृहमन्त्री लामिछानेमाथि तत्काल छानबिन गरी कारबाहीको दायरामा ल्याउन गृहमन्त्री रमेश लेखकसँग माग गरेका हुन् । तत्कालीन प्रमुख प्रतिपक्ष दलको सांसदको हैसियतमा लेखकले लामिछानेले पोखराको सूर्यदर्शन सहकारीबाट करोड रुपैयाँ बुझिलिएको प्रमाण पेश गरेको उल्लेख गर्दै महामन्त्री थापाले सोही प्रमाणको आधारमा उनीमाथि छानबिन हुनुपर्ने बताए । उनले जतिसुकै शक्तिशाली भएपनि सरकारले अनुसन्धानको दायरामा ल्याएर आफू को हुँ भन्ने प्रमाणित गरेर देखाउनुपर्ने बताए ।

महामन्त्री थापाले भने, ‘जतिसुकै बलियो होस्, जतिसुकै पहुँचवाला होस् । तर अनुचित लाभ पनि एक रुपैयाँ पनि लिन दिन्नौं । राज्यको कोषमा एक रुपैयाँ पनि तलमाथि हुन दिन्नौं भन्ने कुराको ग्यारेन्टी गर्नुपर्छ । विश्वास दिलाउनु पर्छ । २०८० साल चैत्र ६ गते पोखरा महानगरपालिकाले सूर्यदर्शन सहकारीको बारेमा एउटा अध्ययन गर्यो । त्यो अध्ययनलले नामै किटेर माननीय रवि लामिछानेले एक करोड रकम जम्मा गरेको देखियो । यस्तो रकम थुप्रै जम्मा भएको कारणले गर्दा माग २२ गते पीडितहरुले पोखरामा जाहेरी दिन गए । प्रहरीले जाहेरी पनि लियो । त्यो बेला पुरानै जाहेर भएको पुरक जाहेरी भनिदियो । पछि गृहमन्त्री भएपछि त यो जाहेरी नै होइन भनिदियो । त्यसकारण रमेश लेखकले त्यहाँ उभिएर के भन्नु भएको थियो भने यो प्रमाण हो सम्माननीय सभामुख महोदय । यो प्रमाण होइन भने के हो प्रमाण ? यो प्रमाणको आधारमा गृह मन्त्रालयले तत्काल अनुसन्धान गर्नुपर्छ भनेर उहाँले यहाँ उभिएर भन्नुभएको थियो । अहिले यतातिर पुग्नुभएको छ । अब सरकार फेरियो, कुरा फेरिन्छ ? फेरिन्न ।’

थापाले प्रतिपक्षमा रहँदा गिरीबन्धु टि स्टेट, भुटानी शरणार्थी प्रकरणमा घोटाला देख्ने तर सत्तामा आएपछि नदेख्ने काम सरकारले गर्न नहुने विषय दोहोर्याए ।

Health Tips Ad Road Block