काठमाडौं । नेपाली राजदूतावासले केही दिनयता बेलायतका विभिन्न शहरमा प्रदर्शन एवं हुलदंगा चलिरहेकाले बेलायतमा रहेका र त्यहाँ भ्रमण गर्न लागेका नेपाली नागरिकलाई प्रदर्शन र हुलदंगा भएको स्थानमा भ्रमण नगर्न र सहभागी नहुन आग्रह गरेको छ ।
राजदूतावासले नेपाली नागरिकलाई आवश्यक सुरक्षा सतर्कता अपनाउन एवं स्थानीय सञ्चारमाध्यम तथा सुरक्षा निकायले जारी गरेको सूचनाहरु ध्यानपूर्वक पालना गर्न पनि अनुरोध गरेको छ ।
त्यसैगरी राजदूतावासले बेलायतमा रहेको नेपाली संघ/संगठनहरुलाई आफ्नो संस्था, समुदायमार्फत नेपाली नागरिकहरुलाई सुरक्षा सतर्कता अपनाउने सम्बन्धमा जानकारी गराउन र उनीहरुसँग आवश्यक समन्वय गर्न पनि भनेको छ ।
यदि कुनै अफ्ठेरो भएमा राजदूतावासमा सम्पर्क गर्न सकिने यसप्रकारको सूचना जारी भएको छ ।