काठमाडौं । नेपाल आयल निगमले आजदेखि लागु हुने गरी केही पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले भारतीय आयल कर्पाेरेशनबाट प्राप्त पछिल्लो मूल्यसूचिअनुसार मूल्य समायोजन गर्दा पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको हो ।
निगमले पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ र डिजेल /मट्टितेलमा प्रतिलिटर २ रुपैयाँले मूल्य घटाएको हो । हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत रहेको छ ।
नयाँ मूल्य अनुसार अब पेट्रोलको प्रतिलिटर १७० रुपैयाँ पर्नेछ । त्यसैगरी डिजेल/मट्टितेलको प्रतिलिटर १५८ रुपैयाँ पर्नेछ ।