Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

१४.५ मेगावाटको अपर ईर्खुवा जलविद्युत्सहित दुई आयोजनामा बाढीले ठूलो क्षति, दुई मजदुर बेपत्ता

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । आरती पावर कम्पनीद्वारा भोजपुरको ईर्खुवा खोलामा निर्माण कार्य भइरहेको १४. ५ मेगावाट क्षमताको अपर ईर्खुवा खोला जलविद्युत् आयोजनामा गएराति आएको बाढीले ठूलो क्षति गरेको छ । बाढीका कारण निर्माण कार्यमा खटिएका मजदुरहरु श्याम चौधरी र रमेश चौधरी बेपत्ता भएको र अर्का राम कुमार चौधरी भने करिब १ किलोमिटर तल घाइते अवस्था भेटिएको स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था इप्पान नेपालका उपमहासचिव प्रकाश दुलालले जानकारी दिए ।

बाढीका कारण १ जना स्थानीय महिला पनि बेपत्ता भएको उनले जानकारी दिए । बाढीले आयोजनाको निर्माण कार्यमा खटिएको लेवर क्याम्प, क्रसर जडान गरिएको करिब ५ सय मिटर पाईप समेत बगाएको छ ।

त्यसैगरी भोजपुरमा निर्माण कार्य भइरहेको ४.३ मेगावाट क्षमताको फेदिखोला जलविद्युत् आयोजनामा पनि गए रातिको बाढीले क्षति पुर्याएको छ ।

Health Tips Ad Road Block