Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

नुवाकोट बेलकोटगढीको कुमरी बृहत खानेपानी आयोजनाको भवन शिलान्यास

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नम्बर २ र ३ मा खानेपानी पुर्याउने गरी सुरु कुमरी बृहत खानेपानी आयोजनाको भवन शिलान्यास भएको छ । २०८० साल पुस ७ गते नगर प्रमुख जगत बहादुर गुरुङ र खानेपानी डिभिजन कार्यालयका कार्यालय प्रमुख सुन्दर सुवेदी बीच सम्झौता भइ सुरु भएको आयोजनाको आइतबार भवन शिलान्यास भएको हो ।

बेलकोटगढी नगरपालिकाका प्रमुख जगत बहादुर गुरुङले भवन शिलान्यास गरेका हुन् ।

शिलान्यास कार्यक्रममा वडा नम्बर ३ की अध्यक्ष कौशिला पुडासैनी, जिल्ला समन्वयका सदस्य मोहन पुडासैनी, पूर्व वडा अध्यक्ष जनक कुमार घिमिरे, पूर्व प्रधानध्यापक अर्जुन कुमार पुडासैनी, समाजसेवी देवनाथ पुडासैनी लगायत खानेपानी सहजीकरण समितिका अध्यक्ष मधु गौतम, सचिव रामप्रसाद ढुंगेल, लगायत वडाबासी उपभोक्ताको उपस्थिति रहेको थियो ।

भवन शिलान्यास गर्दै नगर प्रमुख गुरुङले पालिकाकै पहिलो खानेपानी भवन निर्माण हुन लागेकाले पालिकालाई दायित्व थपिएको भएपनि जनताको सेवामा हरदम लागिरहने उल्लेख गरे । साथै निर्माण व्यवसायीलाई समय अबधिमै काम सम्पन्न गर्न र विशेषगरी गुणस्तरीय काम गर्न उनले निर्देशन दिएका छन् ।

आयोजनाअन्तर्गत नगरपालिकाको वडा नम्बर ३ को पुरै भाग र वडा नम्बर २ को १६५ घरघुरी समेत गरी करिब १००० घरधुरीलाई खानेपानी पुर्याउने लक्ष्य लिइएको छ । ‘एक घर एक धारा’ बनाउने उदेश्यअनुरुप आयोजना अगाडि बढाइएको हो । आयोजना अन्तर्गत ४ वटा रिजर्भ ट्याङ्की बनिसकेका छन् । यसैगरी १६ सय मिटर खानेपानी पाइप लाइन खनिएको छ । ५ करोड ८० लाख ७६ हजार ३६२ रुपैयाँ ठेक्का स्विकृत भइ आयोजनाको काम भइरहेको छ । आयोजनाको स्वीकृत लागत अनुमान रकम ९ करोड ९२ लाख ९७ हजार रुपैयाँ रहेको छ ।

Health Tips Ad Road Block