ev scooty luyuan nepal baishak 2082 15

skip this News Page Tips Ad Road Block

यसअघि रोकिएको मौद्रिक नीति शुक्रबार आउँदै

bf dear shoes jutta mela 2082 baishak-jesth

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति शुक्रबार सार्वजनिक हुने भएको छ । नेपाल राष्ट्र बैंक स्रोतका अनुसार यसअघि नै सार्वजनिक गर्ने भनिएको मौद्रिक नीति तयारी नपुगेको भन्दै सारिएको भएपनि अहिले सबै तयारी पुगेको र मौद्रिक नीति शुक्रबार सार्वजनिक हुने तय गरिएको हो । मौद्रिक नीतिका लागि आवश्यक तयारी सम्पन्न भएको र अन्य कुरा यथावत रहेमा शुक्रबार बस्ने राष्ट्र बैंक सञ्चालक समितिको बैठकले तय गर्ने र सार्वजनिक हुने ती अधिकारीले बताए ।

हालै सरकार फेरिएको र अर्थतन्त्रमा चर्काे दबाब रहेका कारण यो पटकको मौद्रिक नीति कस्तो आउला भनेर सबैतिरको चासो रहेको छ । मुख्यत सेयर बजारका लगानीकर्ताहरु मौद्रिक नीति कुरेर बसेका छन् भने निजी क्षेत्रले यसलाई चासोका साथ हेरेको छ ।

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले भने यसअघि नै विभिन्न फोरममार्फत देशको समष्टी आर्थिक गतिबिधिको स्थायीत्वका लागि लचिलो मौद्रिक नीति ल्याउने संकेत गर्दै आएका छन् ।

Health Tips Ad Road Block