skip this News Page Tips Ad Road Block

पहिलो महिला मुख्यसचिवमा गड्तौला र राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा.अधिकारी

काठमाडौं । सरकारले मुख्य सचिवमा लिलादेवी गड्तौला र राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा प्रा.डा. शिवराज अधिकारीलाई नियुक्त गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले कायममुकायम मुख्य सचिव लिलादेवी गड्तौलालाई मुख्य सचिव र उपाध्यक्षमा प्र.डा. अधिकारीलाई नियुक्त गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

कर्मचारी प्रशासनको प्रमुखको नेतृत्व गर्ने अवसर पहिलो पटक महिलाको रुपमा गड्तौलाले पाएकी हुन् ।

त्यसैगरी सरकारले राष्ट्रिय योजना आयोगका सदस्यमा डा.आरती बिछार, डा. रमेश प्रसाद सिंह, डा. प्रकाशकुमार श्रेष्ठ, गीताकुमारी पौडेल अधिकारी, डा. जयबहादुर टण्डन र गङ्गादत्त अवस्थीलाई नियुक्त गरेको प्रवक्ता गुरुङले जानकारी दिए ।

 

Health Tips Ad Road Block