काठमाडौं । काठमाडौंबाट पोखरातर्फ जानेक्रममा सौर्य एयरको ९ एन एएमई जहाज दुर्घटना हुँदा विमानमा सवार १८ जनाको निधन भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार बिहान ११ः११ मा पोखराका लागि जहाज उड्ने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘रन वे’ को दाहिनेतर्फ मोडिँदै गर्दा पूर्वतर्फको स्थानमा दुर्घटना भएको थियो ।
प्राधिकरणका अनुसार विमानमा सवार १८ जनाको निधन भएको र उनीहरुको शव संकलन गरिएको छ भने एक जना घाईतेलाई उद्धार गरी अस्पताल पुर्याइएको छ । प्रहरीका अनुसार जहाजका क्याप्टेन मनीष शाक्यलाई उद्धार गरेर केएमसी अस्पतालमा लगिएको हो ।
सौर्य एयरको जहाज मर्मत सम्भारका लागि कर्मचारी र प्राविधिक लिएर पोखराका लागि उड्नेक्रममा दुर्घटनामा परेको हो ।
फोटोः प्रदिपराज वन्त