skip this News Page Tips Ad Road Block

बागमती प्रदेशको मुख्यमन्त्रीमा बहादुर सिंह लामा नियुक्त

काठमाडौं । बागमती प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुर सिंह लामा (तामाङ) नियुक्त भएका छन् । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले लामालाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

नेपाली कांग्रेस र नेकपा (एमाले)ले सत्ता साझेदारी गर्ने सहमति अनुसार बागमती प्रदेशमा कांग्रेस संसदीय दलका नेता लामाको नेतृत्वमा नयाँ सरकार गठन गर्न प्रदेश प्रमुख शर्मासमक्ष मंगलबार दिउँसो दाबी पेस भएको थियो।

कांग्रेसका ३७ र एमालेका २७ प्रदेश सभा सदस्यको समर्थनमा लामा मुख्यमन्त्री बनेका हुन् । लामाको मुख्यमन्त्रीको शपथ बुधबार बिहान ११ बजे हुनेछ।

Health Tips Ad Road Block