काठमाडौं । अघिल्लो वर्ष भन्दा १९ खर्ब बराबरको वस्तु तथा सेवा कम आयात भएपनि आर्थिक वर्ष २०८०/०८१ मा करिब १६ खर्ब रुपैयाँ बराबरको सामान नेपाल भित्रिएको छ । भन्सार विभागको एक वर्षको तथ्याँकअनुसार आयात १.१६ प्रतिशतले घटेर १५ खर्ब ९२ अर्ब ९८ करोड ५५ लाखमा झरेको छ । अछिल्लो वर्ष भने १६ खर्ब ११ अर्ब ७३ करोड १७ लाख ७० हजार रुपैयाँ बराबरको आयात भएको थियो ।
यता एक वर्षमा निर्यात भने ३.०३ प्रतिशतले घटेर एक खर्ब ५२ अर्ब ३८ करोड १२ लाख रुपैयाँमा झरेको छ । आर्थिक वर्ष २०७९/८० मा एक खर्ब ५७ अर्ब १४ करोड ६९ लाख रुपैयाँको निर्यात भएको थियो ।
गत एक वर्षमा व्यापार घाटा ०.९६ प्रतिशतले घटेर १४ खर्ब ४० अर्ब ६० करोड ४२ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्ष भने १४ खर्ब ५४ अर्ब ५९ करोड १० लाख ७४ हजार रुपैयाँको व्यापार घाटा भएको थियो । गएको वर्षमा मुलुकको समग्र वैदेशिक व्यापारमा १.३३ प्रतिशतले कमी आई १७ खर्ब ४५ अर्ब ३६ करोड ६७ लाख ७२ हजार रुपैयाँमा सीमित हुन पुगेको छ ।
यो एक वर्षमा पेट्रोलियम पदार्थ ल्याउनका लागि ३ खर्ब ३७ अर्ब ३४ करोड रुपैयाँ बाहिरएको छ । यसले पनि व्यापार घाटा उच्च देखाएको हो ।