ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

रावा बैंक कर्मचारी संघद्धारा आफ्ना माग पुरा गराउन बैंक व्यवस्थापनको ध्यानाकर्षण

विविध कार्यक्रम गरी ३५ औं वार्षिकोत्सव सम्पन्न

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको ३५ औं वार्षिकोत्सव कार्यक्रम विविध कार्यक्रमका बीच आईतबार सम्पन्न भएको छ । नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डले कार्यक्रम उद्घाटन गर्दै बोनस तथा कर लयागतका विषयमा कर्मचारीप्रति असमान रहेका विषयमा सरकारले सहयोगपूर्ण रुपमा हेर्ने नीति लिने बताए । उनले जनताको सेवा गर्दा कर्मचारीले आफूले पाउनुपर्ने सुविधा डटेर लिनुपर्ने बताए ।

राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालका अध्यक्ष लक्ष्मीप्रसाद पाण्डेयले कर्मचारीहरुको तर्फबाट उचित ढङ्गले राखिएका सम्पूर्ण मागहरु व्यवस्थापनले सम्बोधन गर्नुपर्ने अन्यथा ट्रेड युनियन ऐन अनुसार अगाडि बढ्ने चेतावनी दिए । कार्यक्रममा पेशागत महासंघ नेपालका अध्यक्ष पुण्यप्रसाद ढकालले आफ्नो हक हितको लागि उठाइएका माग प्रति महासंघ सँधै साथमा रहेको बताए ।

कार्यक्रममा नेकपा एमाले उपत्यका विशेष प्रदेश कमिटीका अध्यक्ष प्रेमकुमार पराजुली, बैंक, बीमा तथा वित्तीय क्षेत्र कर्मचारी संघ (बिफु) नेपालका राष्ट्रिय समितिका अध्यक्ष धर्मराज मैनाली, बैंक सञ्चालक समितिका अध्यक्ष दिलिपकुमार ढुङ्गाना, प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल, कर्मचारी संघ नेपालका पूर्व अध्यक्ष कमल खरेल, नेपाल राष्ट्र बैंक कर्मचारी संघका अध्यक्ष गीता पोखरेल, नेपाल वित्तीय संस्था कर्मचारी संघ रावा बैंकका अध्यक्ष ईश्वर बहादुर सिंह, नेपाल राष्ट्रिय कर्मचारी संगठन रावा बैंकका अध्यक्ष दिपेन्द्र कार्कीले शुभकामना मन्तब्य दिएका थिए । कार्यक्रममा पेसागत हक, हित तथा सस्थाको सम्बद्र्धनका विषयमा ब्यापक रुपमा विषयहरु उठान गरिएको थियो ।

वार्षिकोत्सवको अवसरमा रा.वा. बैंकको केन्द्रीय कार्यालय परिसरमा लक्ष्मीप्रसाद पाण्डेयले संघको झण्डोत्तलन गर्नुका साथै वृक्षारोपण गरेका थिए । संघका विभिन्न प्रदेश समितिहरुमा समेत विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाइएको छ । यसै अवसरमा गत साउन ४ गते आयोजित रक्तदान कार्यक्रममा ७५ जना बैंक कर्मचारीहरुले रक्तदान गरेका थिए । कार्यक्रममा सुदूर पश्चिम प्रादेशिक समितिलाई कार्यसम्पादन मुल्याङ्कनमा उष्कृष्ठ भएबापत रनिङ्गशिल्ड प्रदान गरिएको थियो । वार्षिकोत्सवको अवसरमा संघले राष्ट्रिय वाणिज्य बैंकमा कर्मचारीहरुको उत्पादकत्व विषयमा कर्मचारीहरु बीचमा निबन्ध प्रतियोगिता आयोजना गरेको थियो । निबन्ध प्रतियोगितामा महेशराज भट्ट प्रथम, भावना शर्मा द्धितीय र रुद्रप्रसद अधिकारी तथा राकेशकुमार राय तृतीय भएका थिए । साथै उक्त अवसरमा म्युजिकल चेयर खेल प्रतियोगिता सञ्चालन गरिएको थियो । सो खेलमा प्रथम वसन्ता पन्थी, द्धितीय अनिषा खनाल र तृतीय दिक्षा खड्का भएका थिए । विजयी प्रतियोगीहरुलाई प्रमुख अतिथिबाट पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो । संघको वार्षिकोत्सवको अवसरमा महिला कर्मचारीहरुको स्वास्थ्यलाई ध्यानमा राखेर बैंकको केन्द्र्रीय कार्यालय परिसरमा सेनीटरी प्याड भेन्डिङ्ग मेसीन सञ्चालनमा ल्याइएको छ । संघले वार्षिकोत्सवकै अवसरमा वरिष्ठ मुटु रोग विशेषज्ञ डा.ओम मुर्ती अनिलसँग अनलाइनबाट स्वास्थ्यसम्बन्धी सचेतना कार्यक्रमको आयोजना समेत गरेको थियो ।

 

Health Tips Ad Road Block