Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

एनआईबिएल इक्विटी पार्टनर्सले डेलिज डेरिजमा लगानी गर्ने

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपालको प्राइभेट इक्विटी फर्म एनआईबिएल इक्विटी पार्टनर्सले डेलिस डेरिजसँग रु. ९ करोड ५० लाख को लगानी सम्झौतामा हस्ताक्षर गरेको छ । एनआईबिएल इक्विटी पार्टनर्स विशिष्टीकृत लगानी कोष नियमावली, २०७५ अन्तर्गत दर्ता भएको र सेबोनद्वारा स्वीकृतिप्राप्त कोष प्रबन्धक एनआईएमबी एस क्यापिटल लिमिटेडको एकाइ हो । ३१ असार, २०८१ मा हस्ताक्षर भएको यस साम्झौताले आधुनिक र उच्च–गुणस्तरको दुग्ध उत्पादनमा आफूलाई देशकै प्रथम स्थानमा स्थापित गर्न चाहने डेलिज डेरिजको लक्ष्यलाई थप उर्जा प्रदान गरेको जनाइएको छ ।

एनआईबिएल इक्विटी पार्टनर्सले डेलिस डेरिजको गुणस्तर र उत्कृष्टताप्रतिको प्रतिबद्धतालाई मान्यता दिएको जनाएको छ । ʻडेलिस’ ब्राण्डको ग्रीक दहीले नविनताको पहिचान दिएको छ भने ʻपञ्चमी’ ले स्थानीय नेपालीहरुको मन जित्न सफल भएको छ । यस लगानीले नेपाली बजारमा डेलिस ब्राण्डको स्थानलाई झनै मजबुत बनाउने भएको छ ।

यस लगानी सम्झौताले डेलिस डेरिजलाई निम्न उल्लिखित लाभ हुने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छः

–उत्पादन क्षमतामा वृद्धिः चितवनमा रहेको आफ्नो हालको कारखानामा प्राविधिक रूपमा उन्नत मेसिनरीहरूको खरिद गरि डेरिजका स्वादिष्ट उत्पादनहरूको बढ्दो मागलाई पूरा गर्न सक्नुका साथै त्यहाँको हालको १०,००० लिटर प्रतिदिनको क्षमतालाई उल्लेखनीय रूपमा वृद्धि गर्न सक्ने ।
–प्रोडक्ट इनोभेसनः नयाँ परिकारहरूको उत्पादनका साथ नेपालभरका ग्राहकहरुलाई उत्कृष्ट स्वाद प्रदान गर्न सक्ने ।
–बजारको पहुँचमा विस्तारःवितरण सञ्जालहरू बलियो बनाउँदै डेलिस उत्पादनहरूलाई नेपालभरका ग्राहकमाझ पु¥याउन सक्ने ।
–देशकै अग्रणी चीज उत्पादकः आयातित विदेशी दुग्धको हालको निर्भरतालाई तोड्ने लक्ष्य सहित इलामको फिक्कलमा नयाँ अत्याधुनिक कारखाना निर्माण गर्न सक्ने ।
–आईपीओ निष्काशनः घरेलु पूँजीबजारमा थप सकरात्मक प्रभाव पार्न आईपीओ निष्काशनको तयारी गर्न सक्ने ।

एनआईएमबी एस क्यापिटल लिमिटेडका सीईओ शिवान्तबहादुर पाँडेले यस सम्झौताबारे उत्साह व्यक्त गर्दै भने, ‘एनआईबीएल इक्विटी पार्टनर्स डेलीश डेरीसँग साझेदारी गर्न पाउँदा निकै हर्षित छ । डेलिजडेरिजको क्वालिटी, इनोभेसन र स्थानीय समुदायलाई सहयोग प्रदान गर्ने प्रतिबद्धता हाम्रो मिशनसँग पूर्ण रूपमा मेल खान्छ । यस लगानीले नेपाली उपभोक्ताहरूलाई फाइदा पु¥याउने, रोजगारी सिर्जना गर्ने र राष्ट्रको समग्र आर्थिक विकासमा सहयोग पुग्नेमा हामी ढुक्क छौँ ।’

डेलिसडेरिजका सह–संस्थापक र सीईओ सन्दीप पौडेलले आफ्नो उत्साह व्यक्त गर्दै भने, ‘एनआईबीएल इक्विटी पार्टनरको विशेषज्ञता र पूजीँ निष्काशनले हाम्रो विकासको मार्गमा उल्लेखनीय भूमिका खेलेको छ । यो साझेदारीले नेपालको अग्रणी दुग्ध उत्पादकको रूपमा रहेको हाम्रो स्थानलाई थप बलियो बनाउनेछ । यस लगानीमार्फत स्वदेशमा उत्पादित विभिन्न प्रकारका चिज र उच्च गुणस्तरका दुग्ध उत्पादन सहित डेलिसलाई एउटा प्रख्यात ब्रान्डको रूपमा स्थापित गर्न सहयोग पु¥याउने कुरामा हामी विश्वस्त छौं ।’

Health Tips Ad Road Block