ev scooty luyuan nepal baishak 2082 15

skip this News Page Tips Ad Road Block

ट्रक व्यवसायीहरुको समस्या समाधान गर्ने यातायात मन्त्री दाहालको प्रतिबद्धता

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले ट्रक व्यवसायीहरुले भोग्दै आएका समस्या समाधानका लागि आफू प्रतिबद्ध रहेको बताएका छन् ।

नेपाल ट्रक यातायात व्यवसायी महासंघको प्रतिनिधिमण्डलसँगको भेटमा मन्त्री दाहालले व्यवसायीहरुको समस्या समाधानका लागि प्रतिबद्ध रहेको बताएका हुन् । उनले ट्रक व्यवसायीहरुको समस्याको दिर्घकालिन रुपमा समाधान गर्न छिटोभन्दा छिटो पहल गर्ने प्रतिवद्धता व्यक्त गरे ।

नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष हिरालाल श्रेष्ठ सहितको प्रतिनिधि मण्डलले मन्त्री दाहाललाई भेटी ट्रक यातायात व्यवसायीहरुले भोग्दै आएका समस्या समाधानका लागि ध्यानाकर्षण गराएका थिए । व्यवसायीहरुसँगको छलफलमा मन्त्री दाहालले व्यवसायीको समस्या समाधान गर्नु राज्यको दायित्व भएको भन्दै आफू त्यसप्रति गम्भीर रहेको बताएको नेपाल ट्रक यातायात व्यवसायी महासंघका महासचिव राजेन्द्र विक्रम बानियाँले जानकारी दिए ।

मन्त्री दाहालले केही दिनमै पुनः ट्रक यातायात व्यवसायीहरुलाई थप छलफलका लागि बोलाउने बताएको महासचिव बाँनियाले जानकारी दिए ।

Health Tips Ad Road Block