skip this News Page Tips Ad Road Block

सुनको मूल्य तोलाको १ लाख ५० हजार नजिक

काठमाडौं । बुधबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तोलामा १ लाख ४९ हजार ८ सयमा सुनको कारोबार भइरहेको छ । यो नेपाली बजारको हालसम्मकै उच्च मूल्य हो ।

मंगलबार सुन प्रतितोला १ लाख ४७ हजार ८ सय रुपैयाँ रहेको थियो । मूल्य एकैदिन दुई हजारले बढेर १ लाख पचास हजार रुपैयाँभन्दा दुई सय कममा मात्रै सुनको मूल्य पुगेपछि नेपाली बजार पहुँचभन्दा बाहिर मूल्य पुग्ने हो कि भन्ने अनुमान हुन थालेको छ ।

बजारमा तेजावी सुन प्रतितोला १ लाख ४९ हजार १०० रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ । चाँदी भने प्रतितोला १ हजार ८९५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Health Tips Ad Road Block