api apartment jhamsikhela mangsir 2081

skip this News Page Tips Ad Road Block

सहकारीबारे छानविन समितिको सोह्रौं बैठकः आवश्यक कागजातबारे फलोअप गर्ने

काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिको सोह्रौं बैठक सक्किएको छ । यसक्रममा समितिले आज पूर्वसचिव र पूर्वमहालेखापरीक्षकहरुसँग छलफल गरेको छ । समितिले पूर्वमहालेखापरीक्षक टंकमणि शर्मा, सहकारी मन्त्रालयका पूर्वसचिवद्वय गोपीनाथ मैनाली र डा. दामोदर रेग्मीसँग छलफल गरेको समितिका सभापति सूर्य बहादुर थापा क्षेत्रीले जानकारी दिएका छन् ।

आजको छलफलमा सहकारी ऐनको निर्माण, नियमनको प्रबन्ध, सहकारी सङ्कटलगायत विभिन्न संरचनाको कानुनी एवम् व्यावहारिक अभ्यास र अनुभवका सम्बन्धमा छलफल भएको सभापति क्षेत्रीले बताए । उनका अनुसार आवश्यक कागजात मागिएका निकायका सम्पर्क व्यक्तिसँग फलोअप गर्ने, देशभरि राम्रोसँग सञ्चालन भइरहेका सहकारीसँग प्रतिनिधिमूलक छलफल गर्ने, विभिन्न व्यक्तिसँग गरिने सोधपुछको प्राविधिक तयारी र व्यवस्थापन गर्ने, सहकारी संस्थाका लेखापरीक्षकको अनुभवमा आधारित छलफल गर्ने निर्णय गरिएको बताए ।

Health Tips Ad Road Block