ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

एमाले अध्यक्ष ओली चौथोपटक प्रधानमन्त्री नियुक्त

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली चौथोपटक नेपालको प्रधानमन्त्री बनेका छन् । आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले एमाले अध्यक्ष तथा एमाले संसदीय दलका नेता ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् । अध्यक्ष ओलीलाई संविधानको धारा ७६ (२) अनुसार राष्ट्रपति पौडेलले प्रधानमन्त्री नियुक्त गरेका हुन् ।

असार २८ गते शुक्रबार नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्रीको रूपमा प्रतिनिधि सभाबाट विश्वास प्राप्त गर्न नसकेपछि शुक्रबार नै राष्ट्रपति पौडेलले प्रधानमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका थिए । राष्ट्रपतिले दिएको समय आइतबार अपरान्ह ५ बजे सक्किएको र तोकिएको समयमा प्रतिनिधि सभाका प्रमुख दुई दल नेपाली कांग्रेस र नेकपा (एमाले) ले प्रधानमन्त्रीमा एमाले अध्यक्ष ओलीलाई नियुक्त गर्न आग्रह गर्दै राष्ट्रपतिसमक्ष संयुक्तरूपमा दाबी पेस गरेका थिए ।

ओलीले यसअघि २०७२ असोज २४ देखि २०७३ साउन २० गतेसम्म, २०७४ फागुन ३ देखि २०७८ वैशाख ३० गतेसम्म, २०७८ वैशाख ३० देखि २०७८ असार २९ गतेसम्म प्रधानमन्त्री पद सम्हालिसकेका छन् ।

Health Tips Ad Road Block