skip this News Page Tips Ad Road Block

चितवनमा पहिरोमा परेर यात्रुसहित दुई गाडी बेपत्ताः खोजीकार्यका लागि गोताखोर परिचालन

काठमाडौं । शुक्रबार बिहान ३ बजे भरतपुर २९ सिमलतालमा गएको पहिरोमा परेर दुई वटा गाडी बेपत्ता स्थानमा शसस्त्र प्रहरीको गोताखोर टोलीले खोजी तथा उद्दार कार्य थालेको छ । दुई गाडीमा गरी ६५ यात्रु सवार रहेको बताइएको छ । सशस्त्र प्रहरीका सह प्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार स्थानीयबासीले जनाए अनुसार केही यात्रुले झ्यालबाट फाल हानेर बचेको र केही बेपत्ता रहेका छन् ।

अविरल वर्षाका कारण ठूलो पहिरो झरेर भरतपुर महानगरपालिकाको २९ सिमलताल भन्ने ठाउँमा वीरगंजबाट काठमाडौं जाँदै गरेको विङर गाडी र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको गणपति डिलक्स बस त्रिशूली नदीमा खसेका थिए । बससँगै बसमा सवार ६५ जना यात्रु समेत बेपत्ता रहेको प्रहरीले जनाएको छ ।

Health Tips Ad Road Block