काठमाडौं । गतवर्षको तुलनामा यो वर्ष पर्यटक आगमन बढेको छ । सन् २०२३ को छ महिनाको तुलनामा यो वर्षको ६ महिनामा पर्यटक आगमन झन्डै २३ प्रतिशतले बढेको छ । नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२४ को छ महिनामा पाँच लाख ८३ हजार १६ जना पर्यटक नेपाल आएका थिए । बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार सन् २०२३ को छ महिनामा चार लाख ७६ हजार ४८१ पर्यटक नेपाल घुम्न आएका छन् । अघिल्लो वर्षको सोही अवधिको तुलनामा यो करिब एक लाख छ हजारले बढी हो ।
बोर्डका अनुसार जुन महिनामा ७६ हजार ७३६ पर्यटक नेपाल भित्रिएका छन् । यो गतवर्षको तुलनामा ६.२ प्रतिशतले बढी हो । नेपाल आउने पर्यटकमा सबैभन्दा धेरै भारतीय पर्यटक रहेका छन् । पर्यटकको आगमनदर विगत वर्षहरुमा भन्दा बढीरहेको तथ्याँकले देखाएको छ । यसरी हेर्दा सरकारले आगामी आर्थिक वर्षमा १६ लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको र त्यतातर्फ उन्मुख हुने देखिएको छ । यो सरकारी लक्ष्य पूरा हुन विदेशतिर आक्रमक ढंगले प्रवद्र्धनात्मक कार्यक्रम गर्नुपर्ने वित्रहरु बताउँछन् ।