ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

आगामी तीन दिन देशभर भारी वर्षाको सम्भावना, बढी जोखिम रहेका जिल्लाबारे जान्नुहोस्

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । आगामी तीन दिन देशैभर भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
विभागले तीनदिने मौसम बुलेटिन सार्वजनिक गर्दै शुक्रबारदेखि आइतबारसम्म देशका अधिकांश स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको हो ।

विभागको बुलेटिनमा उल्लेख गरेअनुसार कोशी, मधेस र बागमती प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको र गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा भारी वर्षा तथा केही स्थानमा अति भारी वर्षाको सम्भावना रहेको छ ।

बुलेटिनमा उल्लेख गरिएअनुसार उच्च जोखिममा रहेको जिल्लामा गण्डकी प्रदेशअन्तर्गत म्याग्दी, बागलुुङ, कास्की, पर्वत, स्याङ्जा, तनहुँ, नवलपरासीपूर्व र मुस्ताङ रहेका छन् । लुम्बिनी प्रदेशमा कपिलवस्तु, रुपन्देही, पाल्पा, अर्घाखाँची, गुल्मी, प्यूठान, नवलपरासी पश्चिम, रोल्पा र रुकुमपूर्वलाई उच्च जोखिममा राखिएको छ । कर्णाली प्रदेशअन्तर्गत जाजरकोट, दैलेख, रुकुमपश्चिम, कालीकोट, जुम्ला, हुम्ला र सुदूरपश्चिम प्रदेशमा डडेलधुरा, डोटी, अछाम, दार्चुला, बझाङ, बैतडी र बाजुरा उच्च जोखिममा रहेको महाशाखाले जनाएको छ ।

विगत केही दिनदेखि मनसुन न्यूनचापीय रेखाका कारण नेपालमा सक्रिय हुन थालेको र न्यूनचापीय रेखा थप केही दिन नेपालको दक्षिणी भू–भाग आसपास रहने र मनसुन अझ सक्रिय हुने सम्भावना भएकाले सतर्कता अपनाउन समेत विभागले आग्रह गरेको छ । शुक्रबारदेखि आइतबारसम्म भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, सहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलामा पानीको सतह बढ्न सक्ने भएकाले सचेत हुन भनिएको छ ।

Health Tips Ad Road Block