काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । तोलामा १ ला ४४ हजार रुपैयाँमा कारोबार भएर सुनको मूल्यले नयाँ रेकर्ड बनाएको हो ।
यसअघि जेठ २२ गते १ लाख ४२ हजार ७०० रुपैयाँ पुगेर रेकर्ड कायम गरेको सुनको भाउले नयाँ रेकर्ड कायम गरेको हाे ।
बुधबारको तुलनामा सुनको मूल्य तोलामा १ हजार ८ सय रुपैयाँले बढेर मूल्यले नयाँ रेकर्ड बनाएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार सुन प्रतितोला १ लाख ४२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । बिहीबार तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ४३ हजार ३ सय रूपैयाँमा कारोबार भइरहेको छ । चाँदी प्रतितोला १ हजार ८ सय ५० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।






















