skip this News Page Tips Ad Road Block

नरेन्द्र मोदी नेतृत्वको गठबन्धनलाई बहुमत, नेपालतर्फ के असर ?

काठमाडौं । छिमेकी देश भारतको लोक सभा निर्वाचनमा भारतीय जनता पार्टी नेतृत्वको ‘राष्ट्रिय लोकतान्त्रिक गठबन्धन’ (एनडिए) ले बहुमत प्राप्त गरेको छ । पछिल्लो मत परिणामअनुसार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई तेस्रो पटक सत्ता सञ्चालनका लागि जनअनुमोदन मिलेको हो ।

पछिल्लो मत परिणामअनुसार एनडिएले कुल ५४३ सिटमध्ये २९४ स्थानमा जित हासिल गरेको छ । विपक्षी भारतीय राष्ट्रिय कङ्ग्रेस नेतृत्वको ‘भारतीय राष्ट्रिय विकास समावेशी गठबन्धन’ (इन्डिया) ले २२३ स्थानमा जित हासिल गरेको छ । बाँकी नौ सिटको परिणाम आउँदा घोषित परिणाममध्ये १७ सिटमा अन्य साना दल र स्वतन्त्र उम्मेदवारले जित हासिल गरेका छन् । भाजपालाई निर्वाचनपूर्व गरिएका ‘एक्जिट पोल’हरूले देखाएको जस्तो एकल बहुमत भने जुट्न सकेको छैन ।

नेता राहुल गान्धी नेतृत्वको ‘इन्डिया’ गठबन्धनले प्रधानमन्त्री मोदीको चाहनामाथि धक्का लगाइदिएका हुन् ।

अब प्रधानमन्त्री मोदीलाई तेस्रो कार्यकालका लागि प्रधानमन्त्री बन्न विहारका मुख्यमन्त्री नीतिशकुमार नेतृत्वको जनता दल एकीकृत र चन्द्रबाबु नाइडुको तेलगु देशम पार्टीको ३० सिटको साथ लिनुपर्ने देखिएको छ । भारतका प्रधानमन्त्री मोदीले एनडिए गठबन्धनलाई जितका लागि प्राप्त जनमतप्रति धन्यवाद दिएका छन् ।

लोकसभाको चुनावको नतिजापश्चात् दिल्लीमा बन्ने नयाँ सरकारको अगाडि छिमेकी मुलुक नेपालसँगको सम्बन्ध सुधार र सुदृढ बनाउने चुनौती रहेको विश्लेषकहरु बताउँछन् । नेपालसँगको व्यापारमा देखिएको असन्तुलनको पक्षमा नेपालतर्फको निर्यात सहजीकरणका विषय, दुई देशबीचको सीमा विवाद सल्ट्याउने विषय, नेपालको विमानस्थल सञ्चालन र थप हवाई मार्गका विषय, नेपाल भारत विद्युत आदानप्रदानका विषयदेखि धेरै विषयको सूचिसहित सम्बन्ध सुधारको कार्य नयाँ सरकारले गर्नुपर्ने परराष्ट्रविद्हरु बताउँछन् ।

Health Tips Ad Road Block