काठमाडौं । नेपालमा फ्रान्सेली ब्रान्ड सिट्रोनका आधिकारिक वितरक सांग्रिला मोटर्स प्राइभेट लिमिटेडले सिट्रोनको प्रिमियम मोडल शाइन आधिकारिक रुपमा नेपालमा सार्वजनिक गरेको छ । उत्कृष्ट फिचर र डिजाइनका साथ नेपाली बजारमा उपलब्ध इलेक्ट्रिक गाडीले ड्राईभिङ अनुभवलाई नयाँ उचाइमा पुर्याउने उद्देश्य कम्पनीले लिएको छ ।
अत्याधुनिक प्रविधि र परिष्कृत आराम सुविधा रहेको यस ईलेक्ट्रिक गाडी सिट्रोन सीथ्री शाइनमा अगाडि र पछाडि स्किड प्लेटहरु, रियर क्यामेरा, रियर बाइपर, रियर डिफ्रोस्टर, लंदर याप्ड स्टेयरिङ ह्वील, एलीय ह्वील र इलेक्ट्रिकल ओआरभीएम जस्ता फिचरहरु समावेश रहेको र यसले उत्कृष्ट ड्राइभिङ अनुभव प्रदान गर्ने कम्पनीको भनाइ छ ।
यस शाइनको शुरुवाती मूल्य ३५ लाख ९९ हजार रुपैयाँ रहेको छ । यस शाइनले विद्युतीय गाडीहरुको गतिशीलतालाई नेपाली बजारमा पहुँचयोग्य बनाउँदै लैजाने बताइएको छ ।
सांग्रिला मोटर्स प्राइभेट लिमिटेड दिगो व्याट्री व्यवस्थापनको लागि पनि प्रतिबद्ध रहेको जनाएको छ ।