काठमाडौं । ह्वावेको ‘सीड्स फर द फ्युचर नेपाल’ कार्यक्रमको दर्ता खुला भएको छ । नेपाली विद्यार्थीलाई छात्रवृत्ति दिनको लागि ‘सिड्स फर द फ्युचर’ नेपालमा लगातार आयोजना गरेको यो ह्वावेको चौथो वर्षको आवेदन खुलेको हो । यस कार्यक्रममार्फत ह्वावेले नेपालमा आईसीटी प्रवर्द्धन डिजिटलाइजेशन, नवप्रवर्तन, उद्यमशीलता, र दिगोपनलाई प्रवर्द्धन गर्ने भएको छ ।
कम्पनीले स्नातक तहका विद्यार्थीहरूका लागि आवेदन खुला भएको र इच्छुकले डब्लुडब्लुडब्लु सीड्सएनईपी डटकममार्फत आफ्नो आवेदन जून ९ तारिखसम्म दर्ता गर्न सकिने छ । सोही अन्तर्गत काठमाडौंमा एक कार्यक्रमका बिच ‘सीड्स फर द फ्युचर नेपाल २०२४’ को घोषणा गरिएको हो ।
विश्वव्यापी ब्रान्ड भएपनि हुवावेले २५ वर्षभन्दा बढी समयदेखि नेपालमा काम गर्दै आएको छ । हुवावेले नेपाली प्रतिभालाई प्रविधि क्षेत्रमा पोषण गर्न महत्वपूर्ण भूमिका खेलेको छ । यस कार्यक्रमको माध्यमबाट हुवावेले नेपालमा विश्वव्यापी सूचना तथा सञ्चार प्रविधिको ज्ञान विस्तार गर्दै आएको दाबी गरेको छ ।