काठमाडौं । नेपाली बजारमा प्रवेश गरेको थोरै समयमै एमजी ४ इभीले २०२४ को उत्कृष्ट कारको उपाधि हात पारेको छ । न्युजिल्याण्डको प्रख्यात संचार कम्पनी स्टफद्वारा आयोजित ‘टप कार्स २०२४’ नामक अवार्ड समारोहमा निर्णायक मण्डलको मन जित्दै एमजी ४ इभीले शिर्ष उपाधि जित्न सफल भएको हो ।
अवार्ड समारोहका निर्णायक मण्डलका एक सदस्य क्यामरुन अफिसरले भने, ‘एमजीको प्रशंसा गर्ने हामी पहिलो होइनौं । एमजी ४ को यो न्यूजील्याण्डमा मात्रै नवौं पुरस्कार जित हो ।’
गतवर्ष नेपाली बजारमा कदम राखेको विद्युतीय कार एमजी ४ इभीमार्फत सहज यात्रा तथा किफायती मूल्य रहेको कम्पनीको दाबी छ ।
२०२२ मा बजारमा आएको एमजी ४ इभीले ‘बेष्ट भ्यालू इलेक्ट्रिक कार २०२३’, ‘कार अफ द यर २०२३’, ‘बेष्ट भ्यालू इलेक्ट्रिक कार २०२२’, र टप गिएर अवार्ड २०२२ मा ‘बार्गेन अफ द यर’ जस्ता विभिन्न उपाधिहरु जितिसकेको छ ।
एमजीको नेपालको लागि आधिकारिक वितरक एवम् आयातकर्ता पारामाउन्ट मोटर्स प्रा.लि.ले हाल नेपालमा एमजी ४ इभी, एमजिजेडएस इभी, एमजिकोमेट इभी गरी ३ वटा मोडेलका विद्युतीय र एमजी हेक्टर, एमजी एचएस, र एमजी एसटर गरी ३ वटा मोडेलका ईन्धन गाडीहरु बिक्री वितरण गर्दै आएको छ ।