skip this News Page Tips Ad Road Block

अत्याधिक वर्षापछिको पहिरोले समुन्द्रटार–त्रिशूली ३बी १३२ केभी प्रसारण लाइनको टावर क्षतिग्रस्त

काठमाडौं । अत्याधिक वर्षासँगै गएको पहिरोका कारण समुन्द्रटार–त्रिशूली ३बी १३२ केभी प्रसारण लाइनको टावर नम्बर ४१ क्षतिग्रस्त भएको छ। टावरमा क्षति पुगेपछि प्रसारण लाइन प्रभावित बनेको हो।

​टावर क्षतिग्रस्त बनेसँगै सोही प्रसारण लाइनमार्फत राष्ट्रिय ग्रिडमा जोडिएका ११ मेगावाट क्षमताको सूर्यकुण्ड हाइड्रोपावर र ५ मेगावाट क्षमताको बुद्धभूमि हाइड्रोपावरको विद्युत प्रवाह (पावर इभाकुएसन) मा कठिनाइ उत्पन्न भएको छ।

​यद्यपि, प्रसारण लाइनमा समस्या आए पनि उपभोक्ताहरूका लागि भने विद्युत आपूर्ति रोकिने छैन।

प्राविधिक टोलीले चौगाडा सबस्टेसनबाट वैकल्पिक व्यवस्था मिलाएर ग्राहक वर्गलाई निरन्तर बिजुली उपलब्ध गराइरहेको जानकारी दिएको छ।

क्षतिग्रस्त टावरको मर्मत तथा सुदृढीकरणको काम छिट्टै अघि बढाइने बताइएको छ।

Health Tips Ad Road Block