skip this News Page Tips Ad Road Block

“नेपालको यातायात क्षेत्रमा अनलाइन बुकिङः सम्भावना र चुनौतीका बीच ईयात्रीको प्रवेश”

परिचय

पछिल्ला वर्षहरूमा नेपालको यातायात क्षेत्रमा अनलाइन बुकिङ प्रणालीको विकासले यात्रा अनुभवमा उल्लेखनीय परिवर्तन ल्याएको छ। मोबाइल एप्स र वेब प्लेटफर्महरू मार्फत बस टिकट आरक्षणदेखि साझा यातायात (ride-sharing) सेवाहरूसम्म, डिजिटल क्रान्तिले यात्रुलाई सहजता र पारदर्शिता प्रदान गर्ने वाचा गरेको छ। यद्यपि, यस प्रविधिको कार्यान्वयनले अनेकौं समस्याहरू पनि सतहमा ल्याएको छ, जसले गर्दा सहज यात्राको परिकल्पना चुनौतीपूर्ण बनेको छ। यस लेखमा नेपालको यातायात क्षेत्रमा अनलाइन बुकिङको अवस्था, यसका प्रमुख समस्याहरू र सम्भावित समाधानका लागि नया प्लेट फर्मको रुपमा ईयात्रीको बजार प्रवेशको बारेमा चर्चा गरिने छ।

वर्तमान अवस्था

नेपालमा इन्टरनेट पहुँच र स्मार्टफोन प्रयोगकर्ताको संख्या बढ्‌दै गई रहेको सन्दर्भमा अनलाइन बुकिङ पनि उल्लेखनीय रुपमा वृद्धि हुदै गईरहेको छ। लामो दूरीको बस यात्रामा अनलाइन बुकिङको अवधारणाले हाल महत्त्वपूर्ण स्थान पाइसकेको छ। निजी क्षेत्रको सक्रियताले अनलाइन बुकिङको विकासमा गति आएको छ। हाल विभन्न प्लेटफर्महरुको उपस्थितिले बजारलाई प्रतिस्पर्धी बनाउदै लगेको देखिन्छ। पुराना प्लेटफर्महरुको बजारीकरण र नया प्लेटफर्महरुको बजारमा प्रवेश हुनु यस डिजिटल यात्राको विकासका लागि शुभ संकेत हो।

सार्वजनिक- निजी साझेदारीमा सञ्चालित गोंगबुस्थित नयाँ बसपार्कले पनि सबै ४७ वटा टिकट काउन्टरलाई अनलाइन प्रणालीमा जोडेको छ, जसले यो सेवालाई थप व्यापक बनाउन सहयोग पुर्याएको छ। यी प्लेटफर्महरूले वास्तविक समयमा सिट उपलब्धता हेर्ने, सिट छनोट गर्ने, विभिन्न बस कम्पनीको भाडा तुलना गर्ने र इन्स्ट्यान्ट ई-टिकट प्राप्त गर्ने सुविधा प्रदान गर्दछन्र। यसले यात्रुलाई लामो लाइनमा बस्नुपर्ने बाध्यताबाट मुक्ति दिएको छ । नेपाल सरकारले सन् २०२० (२०७७ साल) मा ‘अनलाइन टिकटिङ मनिटरिङ सिस्टम (OTMS)’ को घोषणा गरेको थियो । यस घोषणाको उदेस्य लामो दूरीको सार्वजानिक बस यातायातलाई डिजिटल प्रणालीमा आबद्द गराई पारदर्शी, ब्यवस्थित र प्रभावकारी बनाउनु थियो। यसबाट नेपाल सरकारले भाडामा पारदर्शिता र अनुगमनमा सहजता, यात्रु सुरक्षा र तथ्यांकको सहि अभिलेखका साथै अफलाइन टिकेटिंगका जोखिम न्यूनीकरण हुने विस्वास गरेको थियो ।

हाल नेपालको हवाई यातायात पूर्णरुपमा अनलाइन भइ सकेको अवस्था छ। तर, नेपालमा लामो दूरीको बस यात्रा गर्ने यात्रु संख्याको कुनै आधिकारिक, सार्वजनिक रुपले प्रकशित तथ्यांक भेटिदैन। यसैले, यो क्षेत्र अझै पनि सम्पूर्ण सेवाग्राही मैत्री हुन् सकेको छैन। यसको कारण नेपालको यातायात क्षेत्रमा बसहरु पूर्ण रुपमा डिजिटलाइजेसन नहुनु हो। अनलाइन अफलाइन बुकिंग संख्या तुलना गर्न सकिने अवस्था छैन। सेप्टेम्बर, २०२४ मा द राइजिंग नेपाल’ मा प्रकाशित एउटा समाचारको तथ्यांक अनुसार अनलाइन प्लेटफर्म मार्फत दैनिक ४२,००० भन्दा बढी टिकट खरिद गर्न सकिन्छ । हाल बजारमा रहेका विभिन्न प्लेटफर्महरुले ७५ वटा जिल्लाका ६०० भन्दा बढी रुटका लागि सेवा दिई रहेका र झन्डै ५०० भन्दा बढी यातायात ब्यवसायी र बस कम्पनी अनालाइन पद्धत्तिमा आबद्द छन् भनिएको छ । यस तथ्यांकले अनलाइन प्लेटफर्महरुको पहुंच बढ्‌दै गएको देखाउँछ, तर हालको १५ प्रतिशत डिजिटल भुक्तानीको तथ्यांकलाई आधार मान्ने हो भने अफलाइन बस बुकिंगको बजार हिस्सा झन्डै ९७ प्रतिशत रहेको देखिन्छ।

हालै नेपाल सरकार, यातायात व्यस्था विभागको हवाला दिँदै २९ अप्रिल, २०२६ का दिन रास्ट्रिय दैनिक “द काठमाण्डौ पोस्ट” मा प्रकाशित बिमल खतिवडाको आलेख अनुसार चाँडै नै नेपाल सरकारले सार्वजानिक यातायातलाई प्रबिधिसँग जोड्ने गरि नया निर्देशिका जारि गर्न लागेको छ। उक्त निर्देशिकाले मुख्यतः सबै सार्वजनिक सवारीमा जिपिएस (GPS) र कम्तीमा २ वटा सिसिटिभी (CCTV) क्यामेरा अनिवार्य गर्ने, CCTV को फुटेज कम्तीमा ३ महिना सम्म राख्नुपर्ने। यात्रु गणना र गाडी भित्रको गतिविधि हेर्न अनुहार चिन्ने (facial recognition) एआई- आधारित प्रणाली जडान गर्नुपर्ने। अनलाइन टिकटिङ र क्यूआर कोड। डिजिटल भुक्तानी (सरकारले मान्यता दिएको गेटवेबाट) गर्नु पर्ने। डिजिटल चिट’ मा चिट नम्बर, समय, कानून उल्लङ्घनको विवरण, बक्यौता रकम, भुक्तानी स्थिति उल्लेख हुनुपर्ने। आपतकालीन सेवाका लागि सबै सार्वजनिक गाडीमा प्यानिक बटन (emergency button) अनिवार्य गर्ने। सुरक्षा उपकरणको प्रयोगका लागि सिट क्षमताअनुसार आगो निभाउने यन्त्र (fire extinguisher) र प्राथमिक उपचार किट अनिवार्य हुन् पर्ने। समय तालिका र रुट सम्बन्धि ब्यबस्थाका लागि रुट, चेकपोइन्ट र न्यूनतम यात्रा समय उल्लेख हुने जस्ता विषयलाई समेटेको देखिन्छ। यो निर्देशिका लागु भई कार्यान्वनमा आएमा डिजिटल यात्रा या प्रविधिमैत्री यात्राका लागि यो कोशेढुंगा सावित हुने देखिन्छ ।

समस्या र चुनौतीहरु

नेपालको लामो दूरीको बस यातायातमा अनलाइन बुकिङको विकासले यात्रुलाई सहजता प्रदान गरिरहेको कुरामा द्विविधा छैन, तर पनि यो क्षेत्र निकै पछि परेको छ। सरकारले गर्दै आएका नीतिगत, प्राविधिक, प्रवान्धकीय र संरचनागत सुधार तथा उपलब्ध सुविधाहरुका बाबजुद अनलाइन बुकिङ प्रणाली समस्याबाट बाहिरिन सकेको छैन। समस्या र चुनौतीहरु निकै छन्। यस्ता विविध समस्या र चुनौतीहरुको सफल उपचार तर्फ नलाग्ने हो भने अहिलेको डिजिटल युगमा प्रयोगकर्ताको विश्वास र अनुभवमा ह्रास आउनेतर्फ निजी क्षेत्र र सरकारको ध्यान जानु पर्दछ ।

पहिलो प्रमुख समस्या भनेको डिजिटल पूर्वाधार र विश्वसनीय भुक्तानी प्रणालीको अभाव हो। हाल १५% मात्र डिजिटल भुक्तानी हुने तथ्यले बैंकिङ पहुँच, इन्टरनेटको गुणस्तर र साइबर सुरक्षामा गम्भीर कमजोरी रहेको देखाउँछ। सीमान्त क्षेत्रमा नेटवर्क नपुग्नु, QR भुक्तानीमा प्राविधिक त्रुटि हुनु र बैंकिङ प्रणाली अविश्वसनीय हुनुले यात्रुलाई नगद भुक्तानीमा फर्कन बाध्य बनाउँछ। यसले अनलाइन बुकिङको मूल उद्देश्य- सहजता र पारदर्शितालाई नै असफल बनाइदिएको छ।

दोस्रो, चुनौती नियामकीय र नीतिगत अस्पष्टता सँगसगै बस कम्पनीको मनाेमानी हो। सरकारले २०७७ मा OTMS घोषणा गरे पनि यसको पूर्ण कार्यान्वयन हुन सकेको छैन। नियमित सार्वजनिक बसलाई अनलाइन प्रणालीमा अनिवार्य गर्ने काम अझै बाँकी छ। यसको परिणामस्वरूप चाडपर्व (दशैं) मा बस कम्पनीहरूले एकतर्फी राउण्ड ट्रिप टिकटको बाध्यता लगाउने, मनोमानी भाडा वृद्धि गर्ने र बोर्डिङ पोइन्ट गलत दिनेजस्ता व्यवहार देखिन्छ, जसलाई प्लेटफर्महरूले पनि रोक्न सकेका छैनन्। प्लेटफर्मले यसमा आफ्नो संलग्नता नभएको बताए पनि, प्लेटफर्ममा सूचीकृत बस कम्पनीहरूको यो व्यवहारले यात्रुको विश्वास गुमाउँदै गएको छ। त्यस्तै प्रचार गरेको ‘फ्रि वाई-फाई, पानी’ जस्ता सुविधा वास्तविकतामा नहुनु, प्रिमियम टिकट बेचेर सामान्य बसमा डाउनग्रेड गर्नु र दुर्घटनापछि सेवा अनिश्चित हुनुले अनलाइन बुकिङको विश्वसनीयतामाथि प्रश्न उठेको छ।

तेस्रो, भौतिक पूर्वाधार (सडक, बसपार्क) र सुरक्षा मापदण्ड कमजोर हुँदा अनलाइन टिकटले पनि यात्रुको सुरक्षा ग्यारेन्टी गर्न सक्दैन। यी सबैले यात्रुको अनुभवलाई नकारात्मक बनाउँदै, ९७% बुकिङ अफलाइन नै हुनुको मूल कारण बनेको छ। अनलाइन बुकिङ प्लेटफर्महरूमा प्रणालीगत त्रुटि र ग्राहक सेवाको अभाव गम्भीर समस्या बनेकाे छ। प्रयोगकर्ताहरूले एपहरूमा पैसा कटौती भए पनि टिकट पुष्टि नभएको वा टिकट नभेटिएको जस्ता समस्याहरूको व्यापक रिपोर्ट गरेका छन्। एक प्रयोगकर्ताले भने अनुसार, टिकट खरिद गरे पनि प्रिन्ट गर्न खोज्दा “कुनै टिकट फेला परेन” भन्ने सन्देश आउँछ, जसले ठगीको आभास दिलाउँछ । यस्ता समस्याको समाधानका लागि प्रभावकारी ग्राहक सहायता नहुँदा यात्रुहरू थप निराश बनेका छन्।

चौथो, यातायात क्षेत्रमा नियम र मापदण्डको अभावले अर्को चुनौती थपेको छ। विभिन्न सेवाहरूमा असंगत मूल्य निर्धारण, खराब सेवा गुणस्तर र यात्रुको सुरक्षा जस्ता मुद्दाहरू प्रमुख बाधा हुन्। साथै, चाडपर्व (जस्तै, दशैं) को समयमा यात्रुको चाप व्यवस्थापन गर्न नसक्दा र सडकको अवस्था अनिश्चित हुँदा टिकट बिक्रीमा ढिलाइ हुने गरेको छ । बस कम्पनीले प्रिमियम टिकट बेचेर यात्रुलाई सामान्य बसमा सार्ने (डाउनग्रेड) गरेको घटनाले पनि सेवाको गुणस्तरमाथि प्रश्न उठाएको छ। यसले अनलाइन बुकिङको सम्पूर्ण प्रभावकारितालाई नै धक्का पुर्याउछ ।

समाधानका उपायहरु

यी समस्याहरूको समाधानका लागि प्रविधि, नियमन र पूर्वाधारमा एकीकृत प्रयास आवश्यक छ। सरकार र निजी क्षेत्रले दुर्गम क्षेत्रमा समेत इन्टरनेट पहुँच पुर्याउन र डिजिटल भुक्तानी प्रणालीलाई सुरक्षित बनाउन लगानी बढाउनु पर्दछ । महत्वपूर्ण तर चासो दिइएको नदेखिएको ग्राहक सेवा सुदृढीकरणलाई प्राथमिकतामा राख्नु पर्दछ। यसका लागि बुकिङ प्लेटफर्महरूले बग फिक्स गर्न र प्रयोगकर्ताको समस्या समाधानका लागि प्रभावकारी हेल्पडेस्क र फिडब्याक संयन्त्र विकास गर्नुपर्छ। कमजोर कडीको रुपमा देखिएको पारदर्शी नियमन र मूल्य निर्धारण अर्को पक्ष हो, यसैले यातायात व्यवस्थापन विभाग र सम्बन्धित निकायहरूले सबै अनलाइन सेवाका लागि साझा मापदण्ड निर्धारण गरी भाडादर र सेवाको गुणस्तर अनुगमन गर्नुपर्छ ।

उल्लेखित उपायहरुलाई कार्यान्वयन गर्न सके नेपालको यातायात क्षेत्रमा अनलाइन बुकिङले यात्रालाई सहज बनाउने ठूलो सम्भावना बोकेको छ। अनलाइन बुकिङलाई अनिवार्य गरेर भरपर्दो, पारदर्शी र विश्वसनीय बनाउन सक्दा मात्रै यो सेवामा हुने डिजिटल क्रान्तिले यात्रुको जीवनमा सकारात्मक प्रभाव पार्ने छ। तर, निजी क्षेत्र र सरकार यदि समन्वयात्मक ढङ्गले सँगसगै अघि बढ्‌ने अवस्था रहेन भने यस क्रान्तिले थप जटिलता पनि ल्याउने जोखिम रहन्छ। त्यसैले, सबै सरोकारवाला निकायहरूले दिगो, विश्वसनीय र सर्वसुलभ डिजिटल यातायात प्रणाली निर्माणका लागि तत्परता अपनाउनु आजको आवश्यकता हो। अहिलेको अवस्थामा सरकारी योजना र वास्तविकता फरक देखिएको छ। उदाहरणका लागि, सरकारले २०७७ सालमा ‘अनलाइन टिकटिङ मनिटरिङ सिस्टम (OTMS)’ को घोषणा गरे पनि यो पूर्ण रूपमा कार्यान्वयन हुन सकेको छैन। पर्यटन बस सेवालाई अनिवार्य गर्ने प्रयास भए पनि सार्वजनिक बसहरूलाई यस प्रणालीमा अनिवार्य रूपमा आबद्ध गराउने काम अझै बाँकी छ। यसैले लामो दूरीको यातायातलाई प्रभावकारी बनाउन निम्न कदमहरू तुरुन्त चाल्नु आवश्यक छ

(१) अनिवार्य र पारदर्शी नियमनः सरकारले OTMS लाई पूर्ण रूपमा कार्यान्वयन गरी सबै लामो दूरीका बसहरूलाई अनलाइन प्रणालीमा अनिवार्य रूपमा आबद्ध गराउनुपर्छ। यसले भाडादरको पारदर्शिता र यात्रु तथ्यांकको सही अभिलेख राख्ख सहयोग पुर्याउँछ।

(२) निष्पक्ष मूल्य निर्धारण प्रणाली: चाडपर्वको समयमा पनि स्वचालित रूपमा भाडा वृद्धिको उच्च सीमा (ceiling) निर्धारण गरी यात्रुको शोषण रोक्नुपर्छ। बस कम्पनीको मनमानी भन्दा पनि माग अनुसार स्वचालित मूल्य निर्धारण (dynamic pricing) को पारदर्शी प्रणाली विकास गर्न सकिन्छ।

(३) सूचना प्रणालीमा सुधारः प्लेटफर्महरूले बोर्डिङ पोइन्ट, सवारी साधनको प्रकार र सेवा सुविधाहरूको सही जानकारी प्रदान गर्ने र त्यसमा भएको परिवर्तनलाई एसएमएस/ईमेल मार्फत अनिवार्य रूपमा सूचित गर्ने प्रणाली बनाउनुपर्छ।

(४) डिजिटल भुक्तानी र पूर्वाधारको विकासः SET4NPL परियोजनाले जसरी इलेक्ट्रिक बस र डिजिटल टिकटिङ इकोसिस्टम विकास गर्न खोजेको छ, त्यसैगरी सबै अनलाइन बुकिङ प्लेटफर्मलाई सुरक्षित र छिटो डिजिटल भुक्तानी प्रणालीसँग जोड्नुपर्छ।

(५) निजी क्षेत्र र सरकारको साझेदारी बिना कागज रहित यात्रा सहज छैन। लामो दूरीको यातायातलाई डिजीटलको माध्यमबाट प्रभावकारी र दिगो बनाउन पूर्वाधार विकास, डिजिटल साक्षरता, साइबर सुरक्षा र प्रभावकारी नियमनमा ध्यान दिनु पनि त्यत्तिकै जरुरी छ।

(६) लामो दूरीका सबै सार्वजनिक सवारीललाई अनलाइन टिकेटिंगमा आबद्ध गरि जिपिएस (GPS) र कम्तीमा २ वटा सिसिटिभी (CCTV) क्यामेरा अनिवार्य गर्ने, CCTV को डाटालाइ न्युनतम अवधि सुरक्षित राख्ने व्यवस्था गर्ने, यात्रु गणना र गाडी भित्रको गतिविधि हेर्न अनुहार चिन्ने (facial recognition) एआई- आधारित प्रणाली जडान गर्नुपर्ने।

समस्या र चुनौतीका बीच ईयात्रीको ई-यात्रा अभियान

नेपालमा इन्टरनेट पहुँच र स्मार्टफोन प्रयोगकर्ताको संख्या बढ्‌दै जाँदा, अनलाइन यात्रा बुकिङ बजारमा उल्लेखनीय वृद्धि भइरहेको छ । विशेषगरी, सहरी क्षेत्रहरूमा Tootle र Pathao जस्ता राइड-हेलिङ प्लेटफर्महरूको लोकप्रियता बढेको छ, जसले मोबाइल एप मार्फत सवारी बुकिङको सुविधा प्रदान गर्दछ। त्यस्तै अन्तरसहर यातायातमा BusSewa, GoMygo, Tourist Bus Nepal र Sajilo Yatra जस्ता अनलाइन प्लेटफर्महरूले यात्रुलाई वास्तविक समयमा सिटको उपलब्धता हेर्न र टिकट बुक गर्न सक्षम बनाएका छन्। यी प्लेटफर्महरूले भाडा पारदर्शिता, चालक मूल्याङ्कन र सजिलो पहुँचजस्ता सुविधाहरू प्रदान गर्दै परम्परागत यातायात सेवामा प्रतिस्पर्धा र नवीनता ल्याउने प्रयास गरि रहेका छन्। उल्लेखित अनलाइन प्लेटफर्महरू बाहेको केहि बस कम्पनीहरुका आफ्नै Apps हरु पनि प्रयोगमा छन्। यसै सन्दर्भमा नेपाल सरकार, कम्पनी रजिस्टारको कार्यालयमा दर्ता कायम (द. नं. ३५५६२४/०८२/८३) भई डिजिटल यात्रा प्रा. लि. को अनलाइन प्लेटफर्म “ईयात्री” ब्राण्डको App बजारमा उपस्थित हुँदैछ।

“ईयात्री” डिजिटल यात्रा प्रा.लि. द्वारा प्रवर्धित, अनुभवी व्यवसायी तथा आई. टी. विषेशज्ञहरुको समूहद्वारा सञ्चालनमा आउने नेपालकै पहिलो बहु विशेषता युक्त अनलाइन बुकिङ सेवा प्रदायक हो। यसले बजारमा आउना साथ लामो दूरिका सवारीसाधन र जहाजको अनलाइन टिकट बुकिंग सेवालाई मुख्य केन्द्रविन्दु बनाइ यात्रीहरुलाई सहज, द्रुत र विश्वसनीय टिकट बुकिंग प्रणाली उपलब्ध गराउने छ। जसमा टिकट आरक्षण, ई टिकट, मोबाइल एप तथा तथा वेबसाइट २४/७ सेवा समावेस हुनेछन्। यसका अतिरिक्त कम्पनीले पर्यटनसँग जोडिएका अन्य सेवाहरुलाई समेत एकीकरण गरि टिकेटिंग सेवा सँगसँगै नेपालका सांस्कृतिक, प्राकृतिक, ऐतिहासिक तथा साहसिक गन्तब्यहरुको प्रचार, होटल- होमस्टे बुकिंग, भिसा सहायता, टुर प्याकेज र अन्तर्रास्ट्रिय अपरेटरसँगको सहकार्य र साझेदारीमार्फत समग्र पर्यटन सेवा सन्चालन गर्नेछ। साथै पुरक कार्यको रुपमा यसले डिजिटल प्लेटफर्म निर्माण, यात्रु सुरक्षा र जोखिम व्यवस्थापन तालिम, सरकारी र गैह्र सरकारी निकाय सँगको साझेदारी मार्फत नेपाललाई पर्यटनको प्राथमिक गन्तब्य बनाउन योगदान पुर्याउने छ।

बस तथा जहाजको अनलाइन टिकेटिंगलाई २४/७ सहज, सुरक्षित र द्भुत प्रणालीमार्फत उपलब्ध गराउनु नै ईयात्रीको विशेषता हो, जसमा मोबाइल एप, वेब साइट र ई-टिकटको व्यवस्था छ। बजारमा रहेका अन्य प्रतिस्पर्धी कम्पनीहरुको तुलानमा नयाँ र सजिलैसँग चलाउन सकिने एप रहेको छ। प्रत्येक बसमा जिपिएस (GPS) प्रणाली, ड्यास क्यामेरा/ सिसि टिभी जडान भएको हुने हुँदा हरेक व्यक्तिले बसको गती अवस्थाको यथार्थ जानकारी मोबाइलबाटै लिन सक्ने छन्। बस धनि या बस कम्पनीलाई भुक्तानी हुने सुनिश्चितता छ। हाल प्रचलनमा रहेका टिकट बुकिङ काउन्टरलाई विस्थापित नगरि तिनीहरुलाई पनि एपको प्रणाली भित्र समेटिएको छ र कमिसनको हिस्सेदारी सँगसँगै क्यास ब्याक अफरबाट थप प्रोत्साहनको व्यवस्था गरिने नीति रहेको छ। समग्रमा, नेपालललाई डिजिटल ट्राभल हबको रुपमा स्थापित गर्दै प्रविधि र पर्यटनको एकीकरण मार्फत डिजिटल, सुरक्षित र विस्वब्यापी यात्राको सुनिचिताता गर्ने दूर दृस्टी सहित आएको ईयात्रीले ग्राहकको सन्तुष्टिलाई केन्द्रविन्दु बनाएर द्रुत सेवा प्रदान गर्ने छ ।

निष्कर्ष

बढ्दो इन्टरनेट पहुँच र स्मार्टफोन प्रयोगले अनलाइन बुकिङको बजार विस्तार गरिरहेको छ। बजारमा विभिन्न प्लेटफर्महरूले युवा तथा सचेत यात्रुहरूलाई सहज सेवा दिइरहेका छन्। यधपी, अनलाइन व्यवसायलाई व्यवस्थित गर्ने कानुनी संरचना अझै विकासको क्रममा रहेको छ। स्पष्ट नियम र मापदण्डको अभावले बजारलाई अनियमित र असुरक्षित बनाउन सक्छ। उपभोक्ताको विश्वासलाई जित्नका लागि सरकारसँग सगै निजी क्षेत्रले हिड्नु पर्दछ। निजी क्षेत्र र सरकारको साझेदारी बिना कागज रहित यात्रा सहज छैन। लामो दूरीको यातायातलाई डिजीटलको माध्यम बाट प्रभावकारी बनाउन तत्काल माथि उल्लेखित कदम चाल्न अनिवार्य र जरुरी छ। यसो गर्न सकिएमा नेपालको अनलाइन बुकिङ बजारको भविष्य उज्ज्वल छ। तर यसलाई दिगो र विस्वासनीय बनाउनका लागि पूर्वाधार विकास, डिजिटल साक्षरता, साइबर सुरक्षा र प्रभावकारी नियमनमा ध्यान दिनु पनि त्यत्तिकै जरुरी छ। यो पूर्ण रूपमा प्रविधि, नियमन र पूर्वाधारको त्रिवेणीको संगममा भर पर्दछ। यस्तो त्रिवेणी तब मात्र बन्नेछ जब सरकार, निजि क्षेत्र र प्रयोगकर्ता हरुको सहकार्य र विश्वास जोडिने छ। यसैले, यस क्षेत्रको पूर्ण क्षमता उजागर गर्न सरकारले OTMS (अनलाइन टिकटिङ मनिटरिङ सिस्टम) लाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नुका साथै डिजिटल भुक्तानीको विश्वसनीयता बढाउन नयाँ निर्देशिका लागू गर्नुका साथै निजि क्षेत्रलाई प्रोत्साहित हुने गरी अवसर प्रदान गर्नु पर्ने छ।

निजी क्षेत्रले पनि सरकारका यि प्रयासहरुमा भौतिक, प्राविधिक र बौद्धिक प्रयत्न सहित समन्वय तथा सहकार्य गर्दै अघि बढ्नु पर्ने हुन्छ। बजारमा अस्तित्वमा रहेका पुराना प्लेटफर्महरु सँग सहकार्य तथा मैत्रीपूर्ण प्रतिस्पर्धा गर्दै यस क्षेत्रको समग्र विकासका लागि ‘ईयात्री’ नेपाल सरकारसँग साझेदारी गर्न प्रयत्नशील रहने छ। हाम्रो नयाँ प्लेटफर्मले डिजिटल यात्राका पर्यटन क्षेत्रको विकाससँग जोडिएका अन्य क्षेत्रहरुलाई समेत समेटेर बहुआयामिक सेवा प्रदान गर्ने छ, जसले नेपालको सार्वजनिक यातायातलाई मात्रै होइन, आन्तरिक पर्यटनको मेरुदण्ड बनाउने आधार तयार गर्न सक्छ ।

Health Tips Ad Road Block