skip this News Page Tips Ad Road Block

हिमालय मोट्रक्सद्वारा MAXUS eTERRON 9 Comfort नेपालमा सार्वजनिक, पहिलो ५० जना ग्राहकका लागि विशेष मूल्य रु. ८८ लाख

काठमाडौँ । नेपालका लागि MAXUS सवारी साधनकाे आधिकारिक आयातकर्ता तथा वितरक हिमालय अर्गनाइजेसन अन्तर्गतको कम्पनी हिमालय मोट्रक्स प्रा.लि. ले नयाँ शक्तिशाली र प्रिमियम इलैक्ट्रिक फोर-हिवल ड्राइभ पिकअप MAXUS TERRON 9 Comfort नेपाली बजारमा सार्वजनिक गरेको छ।

कम्पनीले यस गाडीको विशेष सुरुवाती मूल्य रू. ८८,००,००० तोकेको छ। यो मूल्य पहिलो ५० जना ग्राहकका लागि मात्र लागू हुने कम्पनीले जनाएकाे छ।

शक्तिशाली प्रदर्शन, लामो रेन्ज, आरामदायी यात्रा र व्यवहारिक प्रयोगलाई ध्यानमा राखेर तयार गरिएको eTERRON 9 Comfort दैनिक यात्रा, लामो दूरीको ड्राइभ, आउटडोर एडभेन्चर तथा व्यवसायिक प्रयोगका लागि उपयुक्त रहेकाे कम्पनीकाे भनाइ छ।

गाडीमा १०२.२ kWh क्षमताको ब्याट्री जडान गरिएको छ, जुन नेपालकै सबैभन्दा ठूलो क्षमता भएको ब्याट्री प्याक भएकाे कम्पनीकाे दाबी छ । जसले एकपटक पूर्ण चार्ज गर्दा NEDC मापदण्डअनुसार ५६० किलोमिटरसम्मको रेन्ज दिन्छ। यसले ११५ kW सम्मको DC फास्ट चार्जिङ सपोर्ट गर्छ र ब्याट्रीलाई करिव ४२ मिनेटमा २० प्रतिशतबाट ८० प्रतिशतसम्म बार्ज गर्न सकिन्छ।

eTERRON 9 Comfort मा अगाडि १२५ kW र पाहाडि २०० kW क्षमताका दुईवटा इलेक्ट्रिक मोटर छन्। यसले कुल ७००Nm टर्क उत्पादन गर्छ। गाडीले केवल ५.८ सेकेन्डमा शून्यदेखि १०० किलोमिटर प्रतिघण्टाको गति लिन सक्छ भने यसको अधिकतम गति १९० किलोमिटर प्रतिघण्टा रहेको छ।

हिमालय माेट्रक्स प्रा.लि. का प्रतिनिधिले भने, “MAXUS eTERRON 9 Comfort ले लामो इलेक्ट्रिक रेन्ज, शक्तिशाली फोर-हि्वल ड्राइभ क्षमतासहित उच्च हिमाली क्षेत्र, हिलो सडक, ढुङ्गे सडकमा चलाउन मिल्ने मोडहरू भएको उच्च सुरक्षा र आरामलाई एउटै गाडीमा समेटेको छ।”

शक्तिशाली र व्यावहारिक क्षमता

MAXUS eTERRON 9 Comfort ले १,०५० केजीसम्म सामान बोक्न सक्छ भने यसको ब्रेकसहितको टोइङ क्षमता ३,५०० केजीसम्म रहेको छ।

यसको कार्गो बक्सको आकार १,५६१ मिनि १,१०० मिमि ५३५ मिमि रहेको छ। यसमा व्यवसायिक सामान, यात्रा सामग्री तथा दैनिक प्रयोगका विभिन्न सामग्री सजिलै राख सकिन्छ।

गाडीमा विभिन्न प्रकारका सडक र भू-भागमा सहज रुपमा चलाउन सहयोग गर्ने All-Terrain System (ATS) दिइएको छ। यसले ५४५ मिमि गहिराइसम्मको पानीमा चल्न सक्ने क्षमता राख्छ। गाडीको एप्रोच एंगल २९ डिग्री र डिपार्चर एंगल २५ डिग्री रहेको छ।
डबल विशबोन फन्ट सस्पेन्सन र मल्टी-लिङ्क इन्डिपेन्डेन्ट रियर सस्पेन्सनले नेपालको फरक-फरक सडक अवस्थामा पनि आरामदायी र स्थिर यात्रा प्रदान गर्न सहयोग गर्छ।

आरामदायी क्याबिन र आधुनिक प्रविधि

पाँचजना यात्रुका लागि तयार गरिएको eTERRON 9 Comfort को क्याबिन फराकिलो र आधुनिक छ। यसमा १२.३ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर र १२.३ इन्चको सेन्ट्रल टचस्क्रिन गरी दुईवटा स्क्रिन उपलब्ध छन्।

गाडीका मुख्य सुविधाः

Apple CarPlay र Android Auto
अटोमेटिक एयर कन्डिसनिङ
६ तरिकाले मिलाउन सकिने इलेक्ट्रिक ड्राइभर सिट
मल्टिफङ्न माइक्रोफाइबर लेदर स्टेयरिङ हिवल
पछाडिका यात्रुका लागि एसी आउटलेट
USB Type-C चार्जिङ पोर्ट
चाबी ननिकाली गाडी खोल्न र स्टार्ट गर्न सकिने सुविधा
अटोमेटिक हेडलाइट र वाइपर
बाहिरी विद्युतीय उपकरण चलाउन मिल्ने Vehicle-to-Load सुविधा
वन-टच पावर विन्डो

फाइभ स्टार सुरक्षा रेटिङ

MAXUS eTERRON 9 ले प्रतिष्ठित Euro NCAP बाट फाइभ स्टार सुरक्षा रेटिङ प्राप्त गरेको छ। जुन रेटिङ नेपालमा आयातित कमै सवारी साधनले मात्र प्राप्त गरेका छन्। यसले गाडीको बलियो सुरक्षा क्षमता तथा यात्रुको सुरक्षाका लागि प्रयोग गरिएको आधुनिक प्रविधिलाई देखाउँछ। साथै बिक्रीपछिको सेवाका लागि नेपाल अधिराज्यभर ६ प्रमुख सहरहरूमा यसको सर्भिस आउटलेटहरु उपलब्ध गराइएको कम्पनीले जनाएकाे छ।

Health Tips Ad Road Block