skip this News Page Tips Ad Road Block

स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेडले प्राप्त गर्यो ISO/IEC 27001:2022 अन्तर्राष्ट्रिय प्रमाणपत्र

काठमाडाैं । नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त भुक्तानी प्रणाली सञ्चालक स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) ले सूचना सुरक्षा सम्बन्धी विश्वव्यापी मान्यता प्राप्त ISO/IEC 27001:2022 प्रमाणपत्र प्राप्त गरेको छ।
यो प्रमाणपत्रले SCT मा लागू गरिएको Information Security Management System (ISMS) अन्तर्राष्ट्रिय मापदण्डअनुसार प्रभावकारी रूपमा सञ्चालन भइरहेको तथा संस्थाले आफ्ना ग्राहक, सदस्य बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक, साझेदार संस्था तथा अन्य सरोकारवालाको सूचनाको गोपनीयता (Confidentiality), अखण्डता (Integrity) र उपलब्धता (Availability) सुनिश्चित गर्न उच्चतम स्तरको सूचना सुरक्षा अभ्यास अवलम्बन गरेको पुष्टि हुने कम्पनीकाे भनाइ छ ।
यसअघि नै SCT ले अन्तर्राष्ट्रिय कार्ड भुक्तानी उद्योगका सुरक्षा मापदण्डअनुसार PCI DSS Version 4.0.1 Certification तथा PCI 3DS Certification समेत प्राप्त गरिसकेको छ। ISO/IEC 27001:2022 प्रमाणपत्र प्राप्तिसँगै SCT ले सूचना सुरक्षा, साइबर सुरक्षा, जोखिम व्यवस्थापन तथा सुरक्षित डिजिटल भुक्तानी पूर्वाधारप्रतिको आफ्नो प्रतिबद्धतालाई अझ सुदृढ बनाएको छ। यी प्रमाणपत्रहरूले SCT को सञ्चालन प्रणाली अन्तर्राष्ट्रिय स्तरका सुरक्षा मापदण्ड अनुरूप रहेको पुष्टि गर्नुका साथै सदस्य बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक, व्यापारी तथा सेवाग्राहीहरूको विश्वासलाई अझ मजबुत बनाउने विश्वास लिइएको छ।
नेपालको डिजिटल भुक्तानी पूर्वाधार विकासमा अग्रणी भूमिका निर्वाह गर्दै आएको SCT ले सुरक्षित, भरपर्दो तथा गुणस्तरीय भुक्तानी सेवा प्रदान गर्ने आफ्नो प्रतिबद्धतालाई निरन्तर सुदृढ गर्दै आएको छ। ISO/IEC 27001:2022 प्रमाणपत्र प्राप्त गर्नु संस्थाको सुशासन, जोखिम व्यवस्थापन, नियामकीय अनुपालन तथा अन्तर्राष्ट्रिय उत्कृष्ट अभ्यासप्रतिको निरन्तर यात्राको अर्को महत्वपूर्ण उपलब्धि भएकाे कम्पनीकाे भनाइ छ ।
यस अवसरमा स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मनोज घिमिरेले भने, “ISO/IEC 27001:2022 प्रमाणपत्र प्राप्त गर्नु SCT का लागि अत्यन्त महत्वपूर्ण उपलब्धि हो। यसअघि प्राप्त PCI DSS 4.0.1 र PCI 3DS जस्ता अन्तर्राष्ट्रिय सुरक्षा प्रमाणपत्रहरूसँगै यो उपलब्धिले सूचना सुरक्षाप्रतिको हाम्रो दीर्घकालीन प्रतिबद्धतालाई अझ मजबुत बनाएको छ। डिजिटल भुक्तानी प्रणालीप्रति ग्राहक, सदस्य संस्था तथा सरोकारवालाको विश्वास नै हाम्रो सबैभन्दा ठूलो सम्पत्ति हो। त्यसैले हामी अन्तर्राष्ट्रिय मापदण्डअनुसार सुरक्षित, भरपर्दो तथा नवप्रवर्तनयुक्त भुक्तानी समाधान उपलब्ध गराउँदै नेपालको डिजिटल भुक्तानी इकोसिस्टमलाई अझ सशक्त बनाउन निरन्तर प्रतिबद्ध रहनेछौं।”
SCT ले हाल नेपालभरका सदस्य बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक (PSP)  तथा अन्य साझेदारहरूमार्फत कार्ड स्विचिङ, कार्ड प्रोसेसिङ, QR भुक्तानी, डिजिटल भुक्तानी पूर्वाधार तथा विभिन्न अत्याधुनिक भुक्तानी सेवाहरू उपलब्ध गराउँदै आएको छ। संस्थाले सूचना सुरक्षा तथा सेवा गुणस्तरलाई आफ्नो प्रमुख प्राथमिकताका रूपमा निरन्तर अघि बढाउँदै आएको छ।
Health Tips Ad Road Block