skip this News Page Tips Ad Road Block

फ्रेट फरवार्डर्स एशोसिएशनका ईश्वर गुरुङ एफएनसीसीआइको निर्यात प्रवर्द्धन समिति सदस्यमा मनोनित

नेपाल फ्रेट फरवार्डर्स एशोसिएशन ईश्वर बहादुर गुरुङ नेपाल उद्योग वाणिज्य महासंघको निर्यात प्रवर्द्धन समितिको सदस्य मनोनित भएका छन् । महासंघका कार्यकारिणी समिति सदस्य होम प्रसाद घिमिरेको सभापतित्वमा गठित निर्यात प्रवर्द्धन समिति सदस्यमा उनीलाई मनोनित गरिएको हो ।

महासंघले नेपाली उत्पादन तथा सेवाको निर्यात प्रवर्द्धन, अन्तर्राष्ट्रिय बजारमा नेपाली वस्तुहरूको पहुँच विस्तार, निर्यातकर्ताहरूले सामना गरिरहेका समस्या समाधानका लागि पहल गर्ने, निर्यातसम्बन्धी नीतिगत सुधारका लागि सुझाव प्रस्तुत गर्ने तथा निजी क्षेत्रको निर्यात क्षमता अभिवृद्धि गर्ने उद्देश्यका साथ उक्त समिति गठन गरेको हो ।

उक्त समितिको सदस्यको रूपमा गुरुङले आफ्नो अनुभव, ज्ञान तथा सक्रिय सहभागिताबाट नेपालको निर्यात क्षेत्रको विकास, निर्यात प्रवर्द्धन सम्बन्धी कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयन तथा महासंघका पहलहरूलाई थप सशक्त बनाउन भूमिका खेल्ने बताएका छन् ।

समितिको कार्यलाई प्रभावकारी, परिणाममुखी तथा व्यवसायीमैत्री बनाउन सक्रिय भूमिका, रचनात्मक सुझाव तथा निरन्तर सहयोग गर्ने उनको भनाइ छ ।

Health Tips Ad Road Block