काठमाडौं । व्यवसायी शंकर अग्रवाल पक्राउ परेका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बुधबार डिल्लीबजारबाट उनलाई पक्राउ गरेको हो ।
सिआइबीका अनुसार शंकर ग्रुपका अध्यक्षसमेत रहेका उनी बैंक कसुरसम्बन्धी मुद्दामा फरार रहेका थिए ।
उनलाई उच्च अदालत पाटनमा उपस्थित गराइएको सिआईबीका प्रवक्ता अनुपम शमशेर जबराले जानकारी दिएका छन् ।

















