काठमाडौं, नेपाल । नेपालको प्रमुख इभेन्ट म्यानेजमेन्ट कम्पनी क्लासिक्स प्रोजेक्ट्सले श्रावणको परम्परा र भावनालाई पुनर्जीवित गर्दै दुई दिने श्रावण मेलाको दोस्रो संस्करण घोषणा गरेको छ। पर्व २५–२६ जुलाई साउन ९–१० हेरिटेज गार्डेन, सानेपा, ललितपुरमा हुँदैछ।
यस वर्षको श्रावण मेलाले सिजनको सारलाई हरियो चुरा, रातो साडी, मेहेन्दी लगाएका हात, उपवास, प्रार्थना र शान्त भक्ति र घरबाहिर नारीत्व, संस्कृति र सम्बन्धको साझा उत्सवमा ल्याउँछ, महिला, परिवार, दम्पति र सर्वसाधारणका लागि खुल्ला रहेको आयोजकले जनाएको छ।
गत वर्ष ३,०००ं सहभागीहरू र स्टल बिक्रीमा रु. १२ लाख भन्दा बढी कारोबारभयको थियो। यस वर्ष छ हप्ताको प्रि–इभेन्ट मार्केटिङ र १ मिलियन प्लसको डिजिटल पहुँचद्वारा समर्थित, आयोजकहरूले १०,०००ं आगन्तुकहरूको आशा गरेको छ ।
इभेन्टका प्रमुख आकर्षणहरू
श्रावण मेला २०८३ श्रद्धा, कला र सामुदायिक एकताको अनुपम संगमका रूपमा दुई दिनसम्म विविध आकर्षणसहित आयोजना हुँदैछ। मेलाको मुख्य आकर्षण बिग्गेस्ट मेहेन्दी भेला हो, जसले २०८१ मा १० भन्दा बढी मेहेन्दी कलाकारद्वारा १,४०० भन्दा बढी हातमा मेहेन्दी सजाइएको सफलतालाई निरन्तरता दिँदै यस वर्ष अझ भव्य रूपमा आयोजना हुँदैछ। साथै, श्रावण बजार मा १०० भन्दा बढी स्टलमार्फत स्थानीय उद्यमी तथा व्यवसायीका गरगहना, कपडा, हस्तकला, परम्परागत नेपाली परिकार र मिठाइहरूको विशेष प्रदर्शनी तथा बिक्री गरिनेछ।
महोत्सवको सुरुआत बिहान ६ः३० बजे ‘रन, सेलिब्रेट एन्ड एम्पावर’ नारासहितको श्रावण रन बाट हुनेछ, जसले स्वास्थ्य, सक्रिय जीवनशैली र सामुदायिक सहभागितालाई प्रवर्द्धन गर्नेछ। त्यसपछि श्रावण महिनाको आध्यात्मिक भाव झल्काउने भजन साँझ, परम्परागत लोककलालाई समर्पित मिथिला कला प्रदर्शनी, तथा नेपालको सांस्कृतिक विविधतालाई प्रस्तुत गर्ने आयोजना गरिनेछ।
परिवार र बालबालिकाका लागि बेबीको जोन अन्तर्गत विशेष किड्स प्ले जोन, वर्षायाम(थिममा आधारित फेस पेन्टिङ, र श्रावण(थिमका फोटो बुथहरू रहनेछन्। साथै, “चुरा–वाल” मा श्रद्धालु तथा आगन्तुकहरूले आफ्ना इच्छा र शुभकामना लेख्न सक्ने व्यवस्था हुनेछ, जहाँ शिवलिङ्गको शान्त वातावरणले आध्यात्मिक अनुभूति प्रदान गर्नेछ।
उत्सवको समापन आरटी १०० द्वारा आयोजित ‘लाच्हा रन’ मार्फत हुनेछ। महिलाहरूको शक्ति, एकता र सशक्तीकरणलाई समर्पित यस विशेष सामुदायिक दौडले श्रावण मेलालाई प्रेरणादायी समापन प्रदान गर्नेछ। यससँगै श्रावण मेला २०८३ नेपाली परम्परा, सिर्जनशीलता, सांस्कृतिक समृद्धि र सामूहिक एकताको जीवन्त उत्सवका रूपमा सम्पन्न हुनेछ।
मेलामा शुद्ध शाकाहारी, मदिरारहित तथा धुम्रपानरहित स्वादिष्ट परिकार र परम्परागत मिठाईहरूको विशेष व्यवस्था हुनेछ। साथै, श्रावण महिनाको संस्कृति, परम्परा र महत्वलाई झल्काउने कथा–कर्नर्स तथा विभिन्न ब्रान्ड र स्थानीय हस्तकला प्रदर्शनी० पनि आकर्षणका केन्द्र रहनेछन्। यी सबै गतिविधिहरूले १५ वर्षदेखि ५५ वर्षभन्दा माथिका सबै उमेर समूहका आगन्तुकहरूका लागि मेलालाई आत्मीय, समावेशी र परिवारमैत्री अनुभव बनाउनेछन्।
“श्रावण मेला हाम्रो प्रिय नेपाली परम्परालाई घरको सीमाभित्रबाट निकालेर सम्पूर्ण समुदायले सँगै मनाउने साझा उत्सव बनाउने प्रयास हो। यस वर्ष हामी ‘श्रावण रन’, ‘भजन साँझ’ र ‘सबैभन्दा ठूलो मेहेन्दी भेला’ जस्ता नयाँ आकर्षणहरू थप्दै उत्सवलाई अझ भव्य बनाएका छौं। तर यसको मूल भावना भने उही छ—भक्ति, दिदीबहिनीबीचको आत्मीयता, पारिवारिक एकता र श्रावणले बोकेको सांस्कृतिक उल्लासलाई सबैसँग सँगै मनाउने।” प्रोजेक्ट्सकी सन्जु सिंह धामीले भनिन् ।
क्लासिक्स प्रोजेक्ट्सको तर्फबाट
श्रावण मेला २०८३ उत्कृष्ट साझेदारहरूको अमूल्य साथ र सहयोगमा साकार हुँदैछ। ह्वाइट मुन सेनेटरी र बेबीको। हाइजिन साझेदार, तथा माछापुच्छ्रे बैंक बैंकिङ साझेदारका रूपमा जोडिएका छन्। त्यसैगरी श्री बालाजी डायमण्ड्स ज्वेलरी साझेदार, बिगमार्ट सुविधा साझेदार, वेडिङ सिटी नेपाल फोटो तथा भिडियो साझेदार, र अडियो प्रोजेक्ट ध्वनि साझेदार रहेका छन्। यस मेलालाई जाल्पा कफी नेपाल , क्वालिटी प्रिन्टआउट, साथसाथै लियो क्लब अफ काठमाडौं अल्का, टेम्पल रन, मेल्टडाउन, आरटी १००, र अर्था रन क्लबले कम्युनिटी साझेदारका रूपमा साथ दिएका छन्। साथै हिस्सी, ओटीजी, चेज, रिगल फिटनेस, छुसाङ थकाली रेष्ट्रो एन्ड बार, मायाको कोशेली, र अल अबाउट हेयर उपहार साझेदारका रूपमा, तथा अल्का हस्पिटल हाम्रो मेडिकल साझेदार का रूपमा यस उत्सवसँग आबद्ध छन्। यी सबै साझेदारहरूको अमूल्य सहयोगले श्रावण मेला २०८३ लाई हजारौँ आगन्तुकका लागि सांस्कृतिक, परम्परा र सामाजिक उत्सवको अनुपम अनुभवमा रूपान्तरण गर्न महत्वपूर्ण भूमिका खेलेको छ।

















