काठमाडाैं । सामाजिक सुरक्षा कोषका लाभग्राहीले स्वास्थ्य सेवा लिँदा विशेष ध्यान दिनुपर्ने भएकाे छ । सामाजिक सुरक्षा कोषवाट सञ्चालित औषधि उपचार, स्वास्थ्य तथा मातृत्व योजना तथा दुर्घटना तथा अशक्तता सुरक्षा योजना अन्तर्गतको स्वास्थ्य सेवा प्राप्त गर्न योगदानकर्ताले विभिन्न विषयमा ध्यान दिन काेषले एक सूचनामार्फत अनुराेध गरेकाे छ ।
सूचनाअनुसार कोषले तोकेको दररेटमा स्वास्थ्य उपचार पाउन सहजका लागि निम्न विषयमा ध्यान दिन भनिएकाे छ
१. कोषको स्वास्थ्य उपचार सेवा लिनका लागि कोषले तोकेका अस्पतालहरुमा मात्र जानुहुन (जुन कोषको Website मा आवद्ध अस्पताल शिर्षकमा उल्लेख छ) ।
२. अस्पतालमा जानुअघि योगदानकर्ता, दम्पत्ति तथा छोराछोरीको KYC विवरण अनिवार्य रुपमा अद्यावधिक गराउनुहुन ।
३. स्वास्थ्य सेवा प्राप्त गर्दा सामाजिक सुरक्षा कोषद्वारा जारी गरिएको परिचयपत्र (भौतिक वा Virtual Card) अनिवार्य रुपमा देखाउनुहुन ।
सामाजिक सुरक्षा कोष औषधि उपचार शाखाले सामाजिक सुरक्षा कोषसँग सम्झौता गरेका अस्पतालहरुबाट कुनै बहानामा कुनै पनि प्रकारका सेवा जस्तैः विशेषज्ञ चिकित्सकले नहेर्ने, Prescribe औषधि नदिने, Surgery को लागि अतिरिक्त शुल्क लिने, OPD समय घटाउने वा सामान्य बिरामी र कोषमा सेवाग्राहीलाई गर्ने व्यवहार समान(Equal Treatment) नभएका लगायत अन्य सुविधा प्रदान गर्न अस्पतालहरुले इन्कार गरेमा काेषमा तुरुन्त सम्पर्क गर्न अनुराेध गरिएकाे छ ।
Mobile No.: 9851345814
Call Center: 1116
Email: claim@ssf.gov.np
WhatsApp: 9851345814
Phone No. 015360315

















