काठमाडौं । एमसीसी नेपाल कम्प्याक्ट अन्तर्गत न्यू बुटवल सबस्टेसनदेखि नेपाल–भारत सीमासम्मको १८ किलोमिटर लामो प्रसारण लाइन निर्माण कार्य निरन्तर अगाडि बढिरहेको छ ।
त्यस्तै निर्माणाधीन ५२ वटा प्रसारण टावरमध्ये २०८३ साल असार मसान्तसम्ममा ४६ वटाको निर्माण भइसकेको छ भने छ किलोमिटर प्रसारण लाइन खण्डमा तार तान्ने कार्य सम्पन्न भइसकेको छ ।
यो सीमापार प्रसारण लाइन सञ्चालनमा आएपछि यसले नेपालको विद्युत् सञ्जाललाई सुदृढ बनाउनेछ र विद्युत् आपूर्तिको विश्वसनीयता बढाउने एमसीए नेपालले जनाएको छ ।
यसैगरी यसबाट क्षेत्रीय ऊर्जा व्यापारमा टेवा पुग्नेछ भने अन्तर–आबद्धता सघन हुनुका साथै ऊर्जा–सुरक्षित भविष्य निर्माण गर्नमा मद्दत पुग्ने बताइएको छ ।
भोलिको नेपाललाई ऊर्जावान् बनाउन आज सुदृढ विद्युत् सञ्जालको निर्माण भइरहेको एमसीए नेपालको भनाइ छ ।

















