काठमाडौं । सरकारले ३० हजार मेट्रिक टन युरिया मल ढुवानीको प्रक्रिया अन्तिम चरणमा पुगेको जनाएको छ । रासायनिक मल आपूर्ति निरन्तर गरिरहेको दाबी गर्दै सरकारले २५० मेट्रिक टन डीएपी विराटनगर भन्सार आइपुगेको जानकारी दिएको छ ।
धान रोपाइँको मुख्य सिजनलाई लक्षित गर्दै रासायनिक मलको आपूर्ति निरन्तर भइरहेको सरकारी भनाइ छ । आज १,२५० मेट्रिक टन डीएपी बोकेको अर्को रेल र्याक रक्सौल आइपुगेको कृषि मन्त्रालयले जनाएको छ ।
यस्तै कोलकाताबाट थप २५०० मेट्रिक टन डीएपी बोकेको अर्को रेल र्याक पनि नेपालतर्फ प्रस्थान गरिसकेको सरकारी भनाइ छ ।

















