skip this News Page Tips Ad Road Block

सीजी मोटर्सद्वारा पोखरामा नयाँ मल्टिब्राण्ड आउटलेट सञ्चालनमा

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं। नेपालमा आयोन, एक्सपेड र डायुन विद्युतीय सवारी साधनको प्राधिकारिी वितरक सीजी मोटर्स प्रालिले पोखरामा आफ्‌नो नयाँ मल्टि ब्राण्ड आउटलेट सञ्चालनमा ल्याएको छ। गण्डकी प्रदेश कृषि, भूमि तथा सहकारी मन्त्रि भिम कार्कीद्वारा समु‌द्घाटन गरिएको उक्त कार्यक्रममा ग्राहकहरुले एउटै छानामुनी तीन वटा विश्वप्रसिद्ध सवारी ब्राण्डका अत्याधुनिक मोबिलिटी समाधानको अनुभव लिन सक्ने कम्पनीले जनाएको छ ।

उपत्यकाबाट बाहिर पनि नविन विद्युतीय सवारी साधनहरुको पहुँच विस्तार गर्ने सीजी मोटर्सको प्रतिबद्धतालाई थप बल प्रदान गरेको कम्पनीको भनाइ छ। कम्पनीको अनुसार यो विस्तारले नेपालमा स्मार्ट, दियो र प्रभावकारी मोबिलिटी समाधान तर्फ बढिरहेको यात्राको महत्वपूर्ण कदम हो ।

कार्यक्रममा पश्चिमाञ्चल अटोमाबाइप्स डिलर्स एशोसियसनका अध्यक्ष दिपेन्द्र कोइरालाले सीजी मोटर्स प्रालिले उपत्यकाबाट बाहिर पनि विद्युतीय सवारी साधनहरुको विस्तारमा योगदान पुर्याएकोमा धन्यवाद ज्ञापन गरेका थिए ।

ग्राहक केन्द्रित अवधारणामा निर्माण गरिएको यस आउटलेटने सवारी अवलोकन, व्यक्तिगत परामर्श, टेस्ट ड्राईभ तथा बिक्रीपछिको सेवा सहित सहज र व्यवस्थित ग्राहक अनुभव गर्ने कम्पनीले् जनाएको छ। सीजी मोटर्सले गुणस्तरीय सेवा र दिर्घकालीन ग्राहक सम्बन्ध निर्माणलाई निरन्तर प्राथमिकता दिएकोमा कार्यक्रमका प्रमुख अतिति मन्त्री काकीद्वारा सीजी मोर्टसलाई विशेष धन्यवाद ज्ञापन गरेका थिए ।

देशैभर फैलिएको २६० भन्दा बढी चार्जिङ स्टेसनको नेटवर्क मार्फत सीजी मोटर्सले ग्राहकहरुको विश्वासलाई अक्त मजबुद बनाउँदै सहजता, पहुँच र भरपर्दाे चार्जिङ सुविधा सुनिश्चता प्रदान गर्दै आरहेको जनाएको छ । यो व्यापक चार्जिङ पूर्वाधारले सीजी मोटर्सलाई नेपालको सबैभन्दा विश्वसनीय र भरपर्दो ईभी प्रदायकहरु मध्ये एक मात्र कम्पनीको रुपमा स्थापित गरिएको कार्यक्रमका सभापति सीजी मोटर्सका सहायक महाप्रबन्धक कञ्चन सिलवालले बताए । करिब १५० ग्राहकहरुको सहभागिता रहेको उक्त कार्यक्रममा नयाँ सवारी साधन खरिदकर्ताहरुलाई सवारी साधनको साँचो हस्तान्तरण गर्दै सीजी मोर्टसले उपत्यका बाहिर पनि आफ्‌नो शाखा विस्तारको अभियान शुरुवात गरेको जनाएको छ ।

Health Tips Ad Road Block