skip this News Page Tips Ad Road Block

आज र भोलि भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्क रहन आग्रह

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । आज र भोलि देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्क रहन आग्रह गरिएको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आज र भोलि मधेश प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशको तराई भू–भागका एक/दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्क रहन भनेको हो । विशेषत कोशी र बागमती प्रदेशका पहाडी भू–भागको एक/दुई स्थानमा आरिघोप्टे पानी पर्नसक्ने अनुमान महाशाखाको छ ।

महाशाखाले भनेको छ, ‘२०८३ असार २८ गते (आईतबार) र २०८३ असार २९ गते (सोमबार) कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागको थोरै स्थानमा तथा मधेश प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशको तराई भू–भागको एक–दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको छ । कोशी र बागमती प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा अति भारी वर्षाको पनि सम्भावना रहेको छ ।’

सोहीकारण मनसुन सक्रिय भई भारीदेखि अति भारी वर्षाको पनि सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न भनेको छ । साथै ती क्षेत्रहरूमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकोले आवश्यक सावधानी अपनाउन भनेको छ ।

Health Tips Ad Road Block