skip this News Page Tips Ad Road Block

बुटवल धागो कारखाना र हेटौंडा सिमेन्ट उद्योग सञ्चालनमा ल्याउने तयारी, पेट्रोलियममा इथानोल मिसाउन  सुरु

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौँ । बुटवल धागो कारखाना र हेटौंडा सिमेन्ट उद्योग सञ्चालनमा ल्याउने सरकारी तयारी गरेको छ । सकेसम्म यसैवर्ष यी उद्योगहरु सञ्चालनमा ल्याउने तयारी गरिएको हो ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले रुग्ण अवस्थामा रहेका हेटौँडा कपडा र बुटवल धागो उद्योग यसै वर्ष सञ्चालनमा ल्याइने बताएकी हुन् । उनले कपडा र धागो उद्योग सञ्चालनका लागि कपासखेतीलाई पनि सँगसँगै लैजाने बताइन् ।

उद्योग मन्त्री कुमारीले पेट्रोलियम पदार्थमा इथानोल मिसावट गर्ने कार्य अघि बढिसकेको पनि प्रतिनिधि सभामा जानकारी दिएकी छिन् ।

Health Tips Ad Road Block