विराटनगर । कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले विराटनगरस्थित दुग्ध विकास संस्थान (डीडीसी) शाखाको एक्कासी छड्के निरीक्षण गरेकी छन् ।
सो शाखाको निरीक्षणका क्रममा मन्त्री चौधरीले दुग्ध उत्पादन, संकलन, प्रशोधन तथा वितरण प्रणालीबारे जानकारी लिनुका साथै संस्थानले भोगिरहेका समस्या र सम्भावनाबारे छलफल गरिन् । उनले किसानलाई प्राथमिकता दिन भन्दै आवश्यक निर्देशनसमेत दिइन् ।
डीडीसी विराटनगरले दूध,महि, आइसक्रीम, लस्सी, चिज, बटर लगायत १२ प्रकार बढी दूग्ध उत्पादन बिक्री गर्दै आएको छ ।
मन्त्री चौधरीले दुग्ध क्षेत्रको आधुनिकीकरण, किसानको उत्पादनको उचित मूल्य सुनिश्चित गर्न तथा दुग्ध उद्योगको दिगो विकासका लागि सरकार प्रतिबद्ध रहेको बताइन् । किसान, उद्योग र उपभोक्ताबीचको सम्बन्धलाई थप मजबुत बनाउँदै कृषि तथा दुग्ध क्षेत्रको विकासमा सरकार निरन्तर लागिपरेको छ।’ उनले भनिन्, ‘तपाईहरुपनि सरकारको काममा आफ्नो तर्फबाट भरपुर सहयोग गर्नुस् ।’





















