skip this News Page Tips Ad Road Block

स्वास्थ्य सेवाभन्दा परः समुदायसँगको सम्बन्धलाई अझ बलियो बनाउँदै नेपाल मेडिसिटी

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं। कुनै पनि स्वास्थ्य संस्था केवल विरामीको उपचार गर्ने ठाउँ मात्र होइन, समुदायको स्वास्थ्य, सुरक्षा र भविष्यप्रतिको जिम्मेवारी बहन गर्ने साझेदार पनि हो। यही सोचलाई व्यवहारमा उतार्दै नेपाल मेडिसिटीले ललितपुर महानगरपालिका वडा नं. १८ सँग व्यवसायिक सामाजिक उत्तरदायित्यअन्तर्गत सहकार्यको नयाँ अध्याय सुरु गरेको छ।

ललितपुर महानगरपालिका वडा नं. १८ को भौगोलिक क्षेत्रमा अवस्थित नेपाल मेडिसिटीले आफू‌लाई समुदायको अभिन्न अंगका रूपमा हेर्दै स्थानीय नागरिकको स्वास्थ्य र समृद्धिसँग जोडिएको जिम्मेवारीलाई थप सशक्त बनाउने उद्देश्यले रु. ८,९८,६२०.४८ बराबरको आर्थिक सहयोग प्रदान गरेको हो।

औद्योगिक व्यवसाय ऐन, २०७६ को दफा ५४ तथा औद्योगिक व्यवसाय नियमावली, २०७८ को नियम ४३ अनुसार उपलब्ध गराइएको उक्त सहयोग रकम समुदायस्तरमा स्वास्थ्य सेवा विस्तार, जनस्वास्थ्य प्रवर्द्धन, स्वास्थ्य सचेतना अभिवृद्धि तवा सामाजिक विकासका विविध कार्यक्रमहरू सञ्चालनमा उपयोग गरिनेछ।

कार्यक्रमका क्रममा नेपाल मेडिसिटीका प्रमुख कार्यकारी अधिकृत डा. अमित तोमर र वडा नं. १८ का वडा अध्यक्ष दामोदर खड्‌काले संयुक्त रूपमा आधारभूत स्वास्थ्य केन्द्र, ललितपुरका लागि सहयोग रकमको चेक हस्तान्तरण गरेका थिए ।

नेपाल मेडिसिटीका प्रमुख कार्यकारी अधिकृत डा. अमित तोमरका अनुसार अस्पतालको भूमिका उपचार सेवामा मात्र सीमित रहनु हुँदैन। समुदायको स्वास्थ्य अवस्था सुधार गर्न, रोग लाग्नुअघि नै सचेतना फैलाउन र गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्न स्वास्थ्य संस्थाले स्थानीय तहसँग सहकार्य गर्दै अगाडि बढ्न आवश्यक छ।

‘नेपाल मेडिसिटी वडा नं. १८ मै अवस्थित अस्पताल भएकाले यहाँका नागरिकहरूको स्वास्थ्य र कल्याणसँग हाम्रो प्रत्यक्ष सम्वन्ध छ,’ उनले भने। ‘समुदायलाई गुणस्तरीय, सुरक्षित र पहुँचयोग्य स्वास्थ्य सेवा उपलब्ध गराउनु हाम्रो प्राथमिकता हो। स्वास्थ्य बीमा लगायतका कार्यक्रममार्फत उपचार सेवामा पहुँच बढाउने र स्वास्थ्य सेवालाई अझ प्रभावकारी तथा किफायती बनाउने दिशामा हामी निरन्तर प्रयासरत छौं । ’

त्यस्तै वडा अध्यक्ष खड्‌काले यस सहकार्य अन्तर्गत प्राप्त रकम वडास्तरीय स्वास्थ्य सेवा सञ्चालन, जनस्वास्थ्य तथा जनचेतनामूलक कार्यक्रम, स्वास्थ्य परीक्षण तथा स्वास्थ्य शिविर आयोजनाका साथै समुदायका अन्य सामाजिक हितका गतिविधिहरूमा खर्च गरिने बताए ।

यसले विशेषगरी स्थानीय नागरिकलाई स्वास्थ्यसम्वन्धी जानकारी, प्रारम्भिक स्वास्थ्य परीक्षण तथा आवश्यक सेवासम्म पुग्न थप अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ ।

नेपाल मेडिसिटीले विगतदेखि नै विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रममार्फत समुदायसँगको सम्बन्धलाई सु‌द्ध बनाउँदै आए‌को छ। तर यसपटकको सहकार्य विशेष छ किनकि यसले अस्पताल र स्थानीय सरकारबीचको साझेदारीलाई संस्थागत स्वरूप दिए‌को अस्पतालको भनाइ छ ।

यसले स्वास्थ्य सेवाको पहुँच विस्तार मात्र होइन, समुदायको आवश्यकतालाई नजिकवाट बुझेर समाधान खोज्ने साझा प्रतिवद्धतानाई पनि प्रतिविम्वित गर्दछ। स्वस्थ्य समुदाय निर्माण केवल अस्पताल वा सरकारको एकल प्रयासबाट सम्भव हुँदैन। त्यसका लागि स्थानीय निकाय, स्वास्थ्य संस्था र समुदायवीचको सहकार्य अपरिहार्य हुन्छ। नेपाल मेडिसिटी र वडा नं. १८ बीचको सहकार्य त्यसैको एक सकारात्मक उदाहरण बनेको छ।

नेपाल मेडिसिटीले आगामी दिनहरूमा पनि समुदायको स्वास्थ्य, कल्याण र सामाजिक विकासका लागि यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूलाई निरन्तरता दिँदै स्वस्थ, सक्षम र समृद्ध समाज निर्माणमा आफ्नो योगदान अझ सशक्त बनाउने प्रतिवद्धता व्यक्त गरेको छ।

Health Tips Ad Road Block