skip this News Page Tips Ad Road Block

भक्तपुरमा खुकुरी प्रहार गरी श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ, छुट्ट्याउन जाँदा ८ वर्षीय छोरा घाइते

भक्तपुर । भक्तपुरमा खुकुरी प्रहार गरी श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ परेका छन् । भक्तपुर नगरपालिका वडा नं. १० छालिङ रोड स्थित आर्मी व्यारेक नजिकै जिल्ला काठमाडौं शंकरापुर नगरपालिका वडा नं. ६ नाग्लेभारे घर भई हाल आर्मी व्यारेक पछाडि डेरा गरी बस्ने वर्ष ३८ को विदुर विश्वकर्मा हत्या आरोपमा पक्राउ परेका हुन् । उनले आफ्नै श्रीमती वर्ष ३३ की सलिना तोलाङ्गे विश्वकर्मालाई घरायसी विवादको क्रममा आफ्नै डेरामा खुकुरीले शरीरका विभिन्न भागमा प्रहार गरेपछि सलिनाको घटनास्थलमै मृत्यु भएको थियो।

त्यसका साथै उनको छोरा वर्ष ८ को त्रिशल विश्वकर्माले छुट्टाउने क्रममा उनलाई समेत खुकुरी प्रहार गर्दा घाईते भई उपचारको लागि भक्तपुर अस्पताल लगिएको थियो । बालकलाई भने उपचार पश्चात डिस्चार्ज गरिएको र आवश्यक संरक्षणको लागि परिसर भक्तपुरको बाल मैत्री कक्षमा राखिएको प्रहरीले जनाएको छ।

घटनास्थलमा जिल्ला प्रहरी परिसर भक्तपुरबाट प्र.उ. सूर्य बहादुर खड्‌काको कमाण्डमा अनुसन्धान अधिकृतसहितको प्रहरी टोलीले प्रारम्भिक अनुसन्धान गरी हत्यामा प्रयोग भएको खुकुरी बरामद गरी विदुर विश्वकर्मालाई नियन्त्रणमा लिएको थियो ।

विश्वकर्मालाई जिल्ला प्रहरी परिसर भक्तपुरबाट थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

Health Tips Ad Road Block